• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमाले कपुरकोटको संकल्पः मगर संग्राहलयदेखि जेष्ठ नागरिक मिलन केन्द्र र आवासीय विद्यालय निर्माण




सल्यान/नेकपा एमाले कपुरकोटले स्थानीय तह निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ । उम्मेदवारहरुको मनोनयन दर्ताको दिन एमाले कपुरकोट गाउँपालिका कमिटीले संकल्प पत्र सार्वजनिक गरेको हो ।

संकल्पपत्रमा मगर संग्राहलय निर्माण संगै जेष्ठ नागरिक मिलन केन्द्र र आवासिय विद्यालय निर्माण गर्ने प्रतिबद्धता एमालेको छ । मगर समुदायहरुको आफ्नै पहिचान संरक्षणको लागि मगर संग्रहालय निर्माण गरिने र मगर समुदायको कला भाषा संस्कृती, आफ्नै पहिचान, संरक्षण, प्रवद्र्धन र विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने एमाले कपुरकोटको संकल्प छ ।

 

एमाले स्स्ल्यानका उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार भिम बहादुर सेनले सोमबार ननोनयन दर्ता अघि संकल्प पत्र सार्वजनिक गरेका थिए ।

 

२०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पाटीले कपुरकोट गाउँपालिकाको नेतृत्व गर्ने अवसर पाएको र कपुरकोट गाउँपालिकामा विकासको जग बसालेर समृद्धिको मार्ग र चौतर्फि विकासका आधारहरु तयार गरेको एमालेले जनाएको छ । पूर्वाधार विकास संगै सुशासन, आधारभूत गुणस्तरीय जीवन, सामाजिक, आर्थिक स्तर, खुसीपन तथा वातावरण लगाएतका धेरै क्षेत्रमा एमाले नेतृत्वको सरकारले गरेका प्रयास र उपलब्धीलाई संस्थागत गर्दै दिगो विकासको लक्ष्यलाई पुरा गर्न स्पष्ट बहुमत सहित फेरी पनि नेकपा (एमाले) लाई विजयी बनाउन अनुरोध गरिएको छ ।

 

गाउँपालिकाका माध्यमिक विद्यालयहरुमा स्कुल बस सञ्चालन गर्ने, दुर्गम र पिछडिएका बस्तिका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन गाउँपालिकामा एउटा आवासीय विद्यालयको व्यवस्था गर्ने, कपुरकोट गाउँपालिकामा निर्माणाधिन १५ सैयाको अस्पताल निर्माण कार्य पुरा गरी चिकित्सक सहित गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने एमाले कपुरकोटको प्रतिवद्धता छ ।

 

खानेपानी, सरसफाई, विद्युतीकरण, उर्जा तथा सिंचाई क्षेत्रको विकासको लागि पनि एमालेले विभिन्न प्रतिवद्धता जनाएको छ । एमाले नेतृत्वको कपुरकोट गाउँपालिकाले विगत ५ वर्षको अवधिमा महत्वपूर्ण लिफ्टिङ सिस्टमका खानेपानी योजनाहरु सम्पन्न गरेको कतिपय योजनाहरु सञ्चालन कै क्रममा रहेको उल्लेख गर्दै १३६ वटा भन्दा बढि खानेपानी योजना मार्फत् नागरिकलाई खानेपानीको पहँुचमा पु¥याएको भन्दै थप प्रभावकारी योजना सञ्चालन गर्ने संकल्प गरेको छ ।

 

यस्तै सडक तथा यातायात, कृषि, शपुपन्छी विकास र आवास व्यवस्थापन संगै पर्यटन, कला संस्कृती र परम्परा एवम् सहकारी क्षेत्रको विकासका लागि एमाले कपुरकोटले विभिन्न संकल्प गरेको छ ।

गाउँपालिकाको केन्द्रमा कवर्डहल र ६ वटै वडामा खेल मैदान निर्माण, युवाहरुको क्षमता विकास र उनीहरुको अर्थपूर्ण परिचालन, जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका, अशक्त र पछाडि परेका वर्ग तथा समुदायको उत्थान तथा सामाजिक सुरक्षाका लागि प्रतिबद्धता जनाइएको छ । यसका साथै महिला समानता र शशक्तिकरण, गरिबी निवारण तथा रोजगार, वन, वातावरण र स्थानीय जोखिम व्यवस्थापन, स्थानीय श्रोत साधन र राजस्व परिचालन एवम् न्यायीक समिति र मेलमिलापका विषयलाई पनि विभिन्न प्रतिवद्धता सहित एमालेले संकल्पपत्रमा समेटेको छ ।

उम्मेदवारहरुले गराए मनोनयन दर्ता

यसैवीच एमालेले कपुरकोट गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । निवर्तमान गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले फेरी गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा भिमा बुढाथोकीले उम्मेदवारी दिएको एमाले कपुरकोटका अध्यक्ष द्रोण केसीले जनाए । यस्तै वडा नं १ मा तेज बहादुर राना, २ मा इश्वर बुढा, ३ मा टिकाराम बुढाथोकी, ४ मा मित्रलाल कठायत र ५ मा भिम बहादुर बुढाथोकीले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको अध्यक्ष केसीले जनाए ।

Facebook Comments