• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ताम झामका साथ सिस्नेमा कृष्ण र आस्थाको उम्मेदवारी




मदन वि.सी. रुकुमकोट /सोमबार बिहानैदेखि रुकुम पूर्वको सदरमुकाम रुकुमकोट स्थित माओबादि केन्द्रको पाटी कार्यालयमा निकै चहलपहल देखिन्थ्यो ।No description available.

छिप्रिदह बजार वरपर माओबादि केन्द्र निकट नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । सवै उम्मेद्धार र नेता कार्यकर्ता उम्मेद्धारी दर्ताको तयारीमा जुटेका देखिन्थे ।No description available.

सवै तयारी पछि दिउसो २ बजे माओबादि केन्द्रको टोली उम्मेद्धारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तर्फ निस्क्यो । पञ्चेबाजा र सांस्कृतिक झाकि सहित रुकुमकोट परिक्रममा गरि हसिलो अनुहार र नयाँ उर्जा लिएर कृष्ण रेग्मी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो । उम्मेद्धार रेग्मी मात्र नभई अधिकांश नेता कार्यकर्ता र शुभेच्छुकहरुमा नयाँ उर्जा र खुसि छाएको थियो ।No description available.

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ । अध्यक्ष पदमा कृष्ण रेग्मी र उपाध्यक्षमा आस्था वि।कले उम्मेदवारी दर्ता गराउनु भएको छ ।No description available.

नेता, कार्यकर्ता सहित सयौ शुभचिन्तक र शुभेच्छुकको साथमा माओबादिले उमेद्धारी दर्ता गराएको हो । रेग्मीले सत्य श्रेष्ठको समर्थन र बलजित बोहोराको प्रस्तावमा तथा उपाध्यक्ष वि।कले मिलन पुनमगरको समर्थन र हकविर कामिको प्रस्तावमा उम्मेद्धारी दिनुभएको छ ।No description available.

यस्तै ७ वडाका वडा अध्यक्षका उम्मेद्धारले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमकोटमा उम्मेद्धारी दर्ता गराएका छन । १ नम्बर वडाको अध्यक्षमा रजबहादुर बुढा, २ नम्बर वडा अध्यक्षमा कृष्ण खड्काले मनोनय दर्ता गराउदा ३ नम्बरमा हेराम खड्का र ४ नम्बरमा कलबहादुर घर्तिलाई माओवादि केन्द्रले अघि सारेको छ । यस्तै ५ नम्बर वडामा प्रकाश कार्की, ६ नम्बर वडामा डिल्ली बहादुर चन्द्र ९ज्ञानु० र ७ नम्बर वडामा खिम बहादुर पुनले अध्यक्ष पदमा उम्मेद्धारी दर्ता गराउनु भएको छ ।

८ नम्बरमा आकांक्षी धेरै हुदाँ टुङगिन बाकी छ । आफनो पकड रहेको सिस्ने गाउँपालिकामा माओवादी केन्द्रले ३ र ६ नम्बर वडामा तालमेल गरेको छ, भने अन्य वडा र गाउँपालिकामा कुनै पनि दलसँग तालमेल गरेको छैन । दुई वडामा एकीकृत समाजबादिसंग चुनावी तालमेल गरिएको माओबादि केन्द्रका एक नेताले जानकारी दिए ।

यसैविच सिस्ने गाउँपालिकामा नेपाली काङग्रेस र नेकपा एमालेले तालमेल गरेका छन । दुई दलविचको तालमेल पछि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दत्तबहादुर बस्नेत र उपाध्यक्षमा एमालेका गोपाल रेउलेले उम्मेदवारी दिनु भएको छ ।

अध्यक्षका उम्मेदवार बस्नेतले आफ्नो पार्टीको भागमा परेको वडा सहित हिजो उम्मेदवारी दर्ता गराइ सक्नुभएको छ । काङग्रेसले १, २, ४ र ५ नम्बर वडामा अध्यक्षको उम्मेद्धारी दर्ता गराइ सकेको छ, भने एमालेले आज आफनो भागमा परेका उपाध्यक्ष सहित ३, ६, ७ र ८ नम्बर वडाको उम्मेदवारी दिएको छ ।

यस पालिकामा २०७४ सालको निर्वाचनमा पनि एमाले कांग्रेसको गठबन्धन भएको थियो । एमालेले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा निर्वाचन लडेका थिए । ७४ को निर्वाचनमा माओबादि केन्द्रले ६ वडा सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा विजय हासिल गर्दा एमाले काङगे्रस गठबन्धनले हार बेहोरेको थियो ।

Facebook Comments