• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल




हिमाल शर्मा
सल्यान,  १२ बैशाख  । सल्यानमा नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०ले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सरकारमा रहेका ५ दलहरु बिच भागबन्डा नमिलेपछि माओवादी र समाजवादीले मात्र चुनावी तालमेल गरेका हुन ।No description available.

दस स्थानीय तह रहेको सल्यानमा माओवादी केन्द्रले ६ र समाजवादीले ४ तहमा चुनावी तालमेल गर्ने गरी सहमति गरेका छन । माओवादी केन्द्रले प्रमुखमा शारदा, बागचौर, बनगाड कुपिण्डे नगरपालिका, कालिमाटी, दार्मा र कुुमाख गाउँपालिकामा उम्मेदवारी दिने सहमति भएको छ । यस्तै एकीकृत समाजवादीले त्रिवेणी, कपुरकोट, छत्रेश्वरी र सिद्ध कुमाख गाउँपालिकामा उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्र शारदा नगरपालिका इन्चार्ज प्रमोद श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्रले उपप्रमुखमा त्रिवेणी, कपुरकोट, छत्रेश्वरी, सिद्ध कुमाख, दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका रहेका छन् भने समाजवादीले शारदा नगरपालिका, कुमाख र कालिमाटी गाउँपालिकामा उम्मेदवारी दिने सहमति भएको उनको भनाई छ ।
उम्मेदवारी मनोनयनको आज अन्तिम दिन भएपनि केही स्वतन्त्र बाहेक मुख्य राजनीतिक दलले उम्मेदवार दर्ता गरेका छैनन् ।

Facebook Comments