• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनको उम्मेदवारी दर्ता




जगत खनाल/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले राप्ती गाउपालिकामा आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि पालिकादेखि वडासम्म उम्मेदवारी दर्ता गराएको छ ।No description available.

संयुक्त गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट प्रकाश बिष्टले उम्मेदवारी दर्ता गराउनु भएको छ भने उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाको तर्फबाट केशबराज खनालले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यसैगरी वडा नम्बर १ मा अध्यक्ष पदमा जनमोर्चाको तर्फबाट ठाकुर प्रसाद आचार्य , वडा नम्बर २ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट पहलमान चौधरी (अनुप) , वडा नम्बर ३ मा अध्यक्ष पदमा माओवाद केन्द्रको तर्फबाट तुला गिरी , वडा नम्बर ४ मा अध्यक्ष पदमा जनमोर्चाको तर्फबाट बीरबहादुर चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

त्यस्तै वडा नम्बर ५ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट चित्र बहादुर थापा मगर , वडा नम्बर ६ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट दिपक चौधरी , वडा नम्बर ७ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट सुरेश कुमार चौधरी , वडा नम्बर ८ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट राम चन्द्र चौधरी र वडा नम्बर ९ मा अध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट रिम बहादुर सुनारी मगर ले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

लामो समयको छलफलपछि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बिच चुनाबी तालमेल गरेर जाने सहमति भएको हो । ४७ जना जनप्रतिनिधि मध्य राष्ट्रिय जनमोर्चाले पालिका उपाध्यक्ष सहित २ वडामा वडा अध्यक्ष सहित ६ जना सदस्य पाएको छ भने माओवादी केन्द्रले ३८ जना पाएको छ ।

५ दलिय गठबन्धन मध्य राप्तिमा माओवादी केन्द्र र जनमोर्चाले गठबन्धन गरेका हुन । नेपाली काङ्ग्रेस , जनता समाजबादी र एकीकृत समाजबादी भने एकलै निर्वाचमा होमिएका छन ।

Facebook Comments