• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल-भारत सीमावर्ती गन्धैलानाकामा आँगलागि हुदाँ पाँचवटा घर खरानी




शिवु खनाल
खांग्रानाका, ११ बैशाख । नेपाल-भारत दाङको सीमावर्ती क्षेत्रमा आँगलागि हुदा पाँचवटा घर जलेर नष्ट भएको छ । आइतवार दिउँसो दुई बजे राजपुर गाउँपालिका वडा नम्बर ७ गन्धैलानाका स्थित पाँचवटा खरका छाना भएको घरमा आगँलागि हुदा घरमा भएको अन्नपात, लुगालत्ता, पशुचाैपाय जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख रञ्जु केसीले जानकारी दिनुभयो ।

गन्धैलानाकाका स्थानीय भारतिय हाट बजारमा रासन किन्न गएका बेला आइतवार दिउँसो दुई बजे भारतीय वन क्षेत्रमा लागेको आँगाेकाे झिल्काे हावाले उडाएर नेपाल तर्फ रहेका खरका छाना भएको घरमा लागेपछि घर जलेर खरानी भएको डगमारमनाका निवासी प्रमाेद घर्तीले जानकारी दिनुभएको छ ।

आगँलागि बाट राजपुर गाउँपालिका वडा नम्बर ७ गन्धैलानाका निवासी रामबहादुर विक, निमबहादुर पुन, बमहादुर पुन, जिवलाल विक र गणेश पुनकाे घरमा घर जलेर पूर्णरूपमा खरानी भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,। भारत तर्फ वनमा लागेको आँगाे एक्कासी हावाले उडाएर नेपाली भित्रीएपछि पाँचवटा घर छिनभरमै खरानी भयाे । घरमा मान्छे काेही नभएको बेला घर नष्ट भएको हाे ।´

आँगाे सशस्त्र प्रहरी र स्थानीयकाे सहयोगमा नियन्त्रणमा आएकाे छ । आँगलागि बाट पाँचवटा घरका करिब एक दर्जनभन्दा बढि घरपरिवार विस्थापित भएका छन् । अग्निपिडत अहिले स्थानीयकाे घरमा आश्रित छन् । अहिलेसम्म पालिकाबाट राहतको लागि कुनै पहल भएको छैन । क्षतिकाे सम्पूर्ण विवरण भने आउन बाकी रहेको छ ।।

Facebook Comments