• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीद्वारा पदबाट राजिनामा




कमिरेचौर,११ बैशाख
दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । अध्यक्ष वलीले बंगलाचुली गाउँपालिका समक्ष आज राजिनामा पेश गर्नु भएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

अध्यक्ष वली २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट पालिका जित्ने एकमात्र उम्मेद्वार रहनुभएको थियो । बंगलाचुलीमा अध्यक्ष वली नेतृत्वको स्थानिय सरकारले अन्य पालिका भन्दा बंगलाचुलीमा उदाहरणीय र महत्वपूर्ण कामहरु गरेकोछ । अध्यक्ष वलीले राजिनामा पत्र मार्फत सम्पूर्ण मतदाता,सुभेच्छुक,सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्नुभएको छ।

साथै उहाँले आगामि दिनहरुमा पदमा रहेर वा पदमा नरहेर पनि जनताको सेवामा सधै तत्पर रहने बताउनुभएको छ । यसैविच बंगलाचुली गाउँपालिका वडा नम्बर चारका वडा सदस्य लाल बहादुर गिरी र वडा नम्बर दुईका वडा सदस्य चुके सुनारले पनि वडा सदस्य पदबाट राजिनामा दिनुभएको छ ।

Facebook Comments