• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमे गाउँपालिकाद्वारा कृषकलाई कुखुरा वितरण




प्रभात गुरुङ । रुकुम पूर्व भूमे गाउँपालिकाले पारिवारिकस्तरको पशुजन्य पदार्थ उत्पादन तथा उपभोग नमुना फर्म स्थापना कार्यक्रम अन्तरगत ३ सय २५ वटा कुखुरा वितरण गरेको छ ।

भूमे गाउँपालिका वडा नं. ६ को खाम्दैका २५ जना कृषकलाई उक्त कुखुरा वितरण गरिएको हो । वितरण गरिएका कुखुरा विकास फर्म बाँकेले पालेका ८ हप्ताका स्थानीय कुखुरा हुन् । वडा नं ६ का वडा अध्यक्ष देव बहादुर बुढाको रोहवरमा ती कुखुरा वितरण गरिएको हो ।

बाँकेबाट कुखुरा बोकेर आएको गाडी चुन्वाङको चारिखेल्ने सडकमा फसेको थियो । गाडी चढ्न नसकेपछि पशु सेवा शाखाका प्राविधिक र स्थानीयले डोकोमा बोकेर ३ घण्टाको पैदल यात्रा गरी चल्ला पुर्‍याएका थिए । हिँडेर वडा नं. ६ खाम्दै सम्म ढुवानी गरि कुखुरा वितरण गरिएको पशु सेवा शाखाका प्राविधिक नारायण ओलीले जानकारी दिनुभयो ।

Facebook Comments