• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न




नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दाङ, एकीकृत अखिल शिक्षक संगठन घोराही नगर समिति र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन दाङको संयुक्त आयोजनामा एक कार्यक्रमबीच शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार धारापानीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

एकीकृत अखिल शिक्षक संगठन घोराही नगर समितिका अध्यक्ष विष्णु भण्डारीको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल आचार्यको प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज हेमराज सर्मा (डायमण्ड)को बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रम नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश कोषाध्यक्ष सन्तराज गौतम लगायतको सहभागी रहेको रहेको थियो ।

दाङको धारपानीमा सम्पन्न शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा एकिकृत अखिल शिक्षक संगठन केन्द्रिय महासचिव निमबहादुर के.सी., नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दाङ जिल्ला अध्यक्ष रुद्रमणी पौडेल लगायका अन्य अतिथीहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हुकुम बुढाथोकीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण घोराही नगर शिक्षक समिति सचिब खडक वलीलेगर्नु भएको थियो ।

Facebook Comments