• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती नदीमा डुबेर भारतीय युवकको मृत्यु




दाङ । राप्ती नदीमा डुबेर भारतीय एक युवकको मृत्यु भएको छ ।

भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीप कुमार पाठक शुक्रबार बिहान १० बाजेको समयमा साथीहरुसंग लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर स्थिति राप्ती नदीमा पौडी खेल्न गएको क्रममा डुबेर मृत्यु भएको हो ।

पाठक भारतदेखि देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको सम्राट सिमेन्ट उद्योगमा कच्चा पदार्थ खरानी ल्याएर नेपाल आएका थिए । उनि पौडी खेल्न नजानेको कारण राप्ती नदीमा दुबेर ज्यान गएको उनका साथीले जानकारी दिए । पाठकलाई शनिबार लमही अस्पतालमा पोस्टमार्टम गरि भारत पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमख पुष्पराज थापाले जानकारी दिए ।

Facebook Comments