• १५ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा ७ जना जनप्रतिनिधिद्वारा राजीनामा




हिमाल महरा
दाङ , १० वैशाख । दाङको बंगलाचुली गाउँपालिकामा ७ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । गाउँपलिकाका  प्रमुख प्रशासकीय बिष्णु प्रसाद पाण्डेयका अनुसार शुक्रबार ५ जना वडाध्यक्ष र २ जना वडा सदस्यहरुले पदबाट राजिनामा दिएका हुन् ।

बंगलाचुली वडा न. २ का अध्यक्ष मेघराज राना,वडा नं. ३ का अध्यक्ष शोभाराज बिस्वकर्मा,वडा नं. ५ का अध्यक्ष एनुराज खत्री,वडा नं. ६ का अध्यक्ष बेदुलाल घर्ती, वडा नं. ७ का अध्यक्ष गिर बहादुर थापाले राजीनामा दिएका हुन् ।
त्यस्तै वडा सदस्यहरुमा वडा नं. २ का भिम बहादुर बुढामागर र वडा नं ६ का शुसिला ल्वहारले पदबाट राजिनामा दिएका हुन् ।

निर्वाचन आयोगले जनप्रतिनिधि पुनः चुनाव लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गरेकाले सोही अनुसार उनीहरुले राजीनामा दिएका हुन् ।

Facebook Comments