दाङमा आज पहिलो दिनको एसइई परीक्षा सान्तपूर्वक रुपमा सम्पन्न भएको छ । यस वर्ष जिल्लाबाट १३ हजार १ सय ५२ परिक्षार्थी परीक्षामा सहभागी हुने भनिए पनि नियमित तर्फबाट दुई सय २८ जना विद्यार्थी अनुपस्थित भएका छन् ।
जसमा छात्रा एक सय १५ र छात्र एक सय १३ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र दाङका प्रमुख मित्र गौतमले जानकारी दिनुुभएको छ ।
यसैगरी गे्रड वृद्धितफ २५ जना छात्रा र १६ जना छात्र गरेर ४१ जना विद्यार्थी अनुपस्थित भएको उहाँको भनाई रहेको छ । कोरोना संक्रमणका कारण दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा ९एसईई० यसवर्ष भने भौतिक रुपमै आजबाट सुरु भएको हो ।
यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिएका छन् । एसईई परीक्षाका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जनाईएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।