कमिरेचौर,८ बैशाख । दाङको बंगलाचुली गाउँपालिकामा कोरोना खोप लगाउने नागरिकको संख्या कम देखिय पछि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले घरदैलो कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाको ८ वटै वटाका प्रत्येक घर घरमा पुगेर यहाँका जनताले कोरोना खोप लगाए नलगाएको विवरण संकलनको तयारी गरेको हो ।
सोही अनुसार बंगलाचुली गाउँपालिकाका ८ वटै वडा भरका स्वयंसेवकहरुका लागि आज अभिमुखिकरण गरिएको छ । आज कायोजित कार्यक्रममा बोल्दै बक्ताहरुले बंगलाचुली गाउँपालिका भौगोलिकरुपमा विकट र विविधता भएका कारण कतिपय गाउँ बस्तिमा कोभिड १९ को खोप लगाउन छुटेको हुन सक्ने सम्भावना रहेको बताएका छन् ।
उनिहरुले बंगलाचुलीको जनसंख्याको केही हिस्सा भारत लगाएत तेस्रो मुलुकमा मजदुरीका लागि भएको हुँदा पनि कोरोना खोप लगाउनेकोहरुको संख्या एकिनरुपले आउन नसकेको बताएका छन् ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका समाजिक विकास समितिका संयोजक शोभाराज विश्वकर्माले बंगलाचुली भौगोलिक विकटताका कारण केही नागरिक कोरोना खोप लागाउन छुटेको भन्दै यस कार्यक्रमले सबैलाई खोपको दायरामा ल्याउन सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो । यस्तै बंगलाचुली गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेयले नेपाल रेडक्रसले बंगलाचुली गाउँपालिकामा गर्न लागेको यस कार्यक्रमले खोप नलगाएका नागरिकहरुको वास्तविक तथ्याङ्क निकाल्नेमा विस्वास व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश खाशाका राजकुमार क्षेत्रीले रेडक्रसले राज्यका निकाय संग सहकार्य गर्दै सहयोग गर्दै जनताको हितका लागि काम गर्ने बताउनु भयो ।
साही अनुसार बंगलाचुली गाउँपालिकामा कोरोना खोप लगाउने नागरिकहरु अन्य ठाउँको तुलनामा कम रहेको हुँदा वास्तविकता पहिचान गरि खोपलगाउने अभियानमा नागरिकलाई सहभागी गराउने आफुहरुको प्रमुख लक्ष्य रहेको बताउनु भयो ।
रेडक्रसले बंगलाचुलीमा कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य संचालन परियोजना संचालन गरि कोरोना खोपको विवरण संकलन गर्ने योजना रहेको नेपाल रेडक्रस जिल्ला शाखा दाङका मन्त्री प्रकाश श्रीवन्दले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस जिल्ला शाखा दाङका मन्त्री प्रकाश श्रीवन्दको अध्यक्षता एव बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कार्य्रम सम्पन्न भएको हो । बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक ईन्द्रा कुमारी घर्तीको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस कमिरेचौर उपाशाखा सचिव जीवन नेपाली ले गर्नु भएको थिये ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका ८ वटै वडाका स्वयसेवकहरुको सहभागिता रहेको थियो । बंगलाचुली गाउँपालिकामा यो अभियान असार सम्म संचालन हुने छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।