दाङ, बैशाख ८ । बंगलाचुली गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
बुधबार बंगलाचुलीका जनप्रतिनिधि , राजनीतिक दल र कर्मचारीको उपस्थितिमा बंगालचुली गाउँपालिका को कार्यालय कमिरेचौरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निष्पक्ष, भयरहित बनाउन सबै लाग्नु पर्ने लाग्नु पर्ने उपस्थितिहएरुको भनाइ रहेको थियो ।
अघिल्लो ०७४ को निर्वाचनमा जस्तो यस पटक निर्वाचनलाई बहिष्कार नै गरेर डरत्रास सृजना गर्ने पार्टी नभएकोले गर्दा निर्वाचन भयरहित र लोकतान्त्रिक रुपमा हुने विश्वास ब्यक्त गरेका थिय ।

यस्तै मुख्य निर्वाचन अधिकृत हिरण्य प्रासद भन्डारीले निर्वाचन निष्पक्ष, भयरहित, पारदर्शी तथा विश्वसनीय बनाउन आफू सधैं तत्तपर रहेको भन्दै जसका लागि सबैले साथ दिनुपर्ने धारणा राख्नुभयो ।
उहाँले राजनीतिक दलहरुलाई आचारसंहिता लागू गर्न पनि आग्रह गर्नुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

