कमला वली
दाङ, ७ बैशाख । दाङ तुलसीपुरको एक बिद्यालयमा सयुक्त प्रहरी सचेतता अभियान संचालन गरिएको छ। आज बुधबारदेखि सो अभियान संचालन गरिएको हो ।
अस्थाई प्रहरी पोष्ट गोठिखोला टोल सुरक्षा समितिको आयोजनामा यस तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौर दाङमा रहेको श्री गुरु जजुर नमुना माध्यमिक बिद्यालयमा उक्त कार्यक्रम संचालन गरिएको एक विद्यार्थी बताएका हुन्।
पछिल्लो समयमा दिनप्रति दिन सवारी दुर्घटनाखेअि लिएर अन्य घटना घटी रहेको हुँदा आगामी दिनमा यस्ता घटनाहरु न घटुन भनि उक्त कार्यक्रम सचालन गरिएको थियो।
उक्त कार्यक्रममा बोल्दै अस्थाई प्रहरी पोष्ट गोठिखोलाका असई गिरबहादुर थापाले बिद्यार्थीहरु बिद्यालय आउँदा जादा बाटोमा हिड्दा ध्यानपुर्वक हिड्न आफू भन्दा सानासाना भाइबहिनीहरुलाई पनि सक्षम बनाउन र बिद्यालयलय जस्तै नमुना बिद्यार्थी बन्न समेत आग्रह गर्नु भएको छ।
विद्यार्थी आजका विद्यार्थी मात्र नभई भोलि देशका राष्टसेवक पनि हुन त्यस कारण नकारात्मक गतिविधि नगर्न र समाजमा पनि यस्ता नकारात्मक गतिविधिका विरुद्धमा सशक्त आवाज उठाउनु पर्ने समेत बताउनु भएको हो ।
कक्षा १२ मा अध्यनरत बिद्यार्थी बसन्त खरालले बिद्यालय क्षेत्रमा जेब्राक्रसिङ नभएको र कुनै पनि ट्राफिक नियमको वोर्ड नभएको कारण बिधालय क्षेत्रमा बढी सवारी साधनहरु इस्पिट आउने भएका कारण बडी दुर्घटना हुने भएकोले यस तर्फ ट्राफिक प्रहरीको ध्यानाकर्षण होस् भन्ने माग समेत गर्नुभएको छ।
उक्त कार्यक्रम अस्थाई प्रहरी पोष्ट गोठिखोलाका असई गिर बहादुर थापा,अस्थाई ट्राफिक पोष्ट गोठिखोलाका असइ जित बहादुर वली कक्षा १२ का गोपाल बुढाथोकी,अनित भुसाल र कक्षा १२ मा अध्यनरत बिद्यार्थीहरुको उपस्थितमा संचालन गरिएको कक्षा १२ मा अध्यनरत छात्रा कमला वलीले जानकारी दिनु भएको हो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।