घोराही, ७ बैशाख । दाङको घोराही–तुलसीपुर सडकखण्डको कपासीमा ट्याक्टर पल्टिदा एक जना पुरुषको मृत्यु भएको छ । रा १ त ३३७० नम्बरको बिग्रिएको ट्याक्टरलाई रा १ त ४६११ नम्बरको ट्याक्टरले तानेर ल्याउने क्रममा सो बिग्रिएको ट्याक्टर फल्टिदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
ट्याक्टर पल्टिदा च्यापिएर गम्भीर घाइते भएका घोराही १० उत्तर अम्रई बस्ने २० /२२ वर्षीय चालक सुधन चौधरीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीेले जनाएको छ ।
फोरलेन सडकखण्डको अस्तव्यस्त तथा खाल्डाखुल्डी भएका कारण ट्याक्टर पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बुधबार बिहान करिब साढे १० बजेतिर बिग्रिएको ट्याक्टरलाई तानेर ल्याउने क्रममा ट्याक्टर पल्टिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।