दाङ, ६ बैशाख । युवा संघ नेपालको बृहत जिल्ला भेला आज तुलसीपुरमा भएको छ । युवा संघ नेपालका दाङ जिल्ला अध्यक्ष हरिष गिरीको अध्यक्षता तथा नेकपा समाजवादी पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा केन्द्रिय सदस्य शारदा स्वणर्कार, हिराचन्द्र केसी, जिल्ला अध्यक्ष सुरामणी बेलबासे र प्रदेश कमिटी सदस्य भुपबहादुर केसी लगायतले बोल्नु भएको हो ।
केन्द्रीय सदस्य सन्तोष वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव र्हुमत गिरीले गर्नु भएको जिल्ला प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।