• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
निष्पक्ष र भयरहित वातावरणमा काम गर्ने छु : प्रहरी निरीक्षक शाह




जगत खनाल/भालुबाङ
इलाका प्रहरी कार्यालय भालुबाङमा सरुवा भै आउनु भएका प्रहरी निरीक्षक सुजनबिक्रम शाहले निष्पक्ष र भयरहित वातावरणमा आफुले काम गर्ने बताउनु भएको छ ।

इलाका प्रहरी कार्यालयले आज गरेको परिचात्मक कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

उद्योग व्याबसाइ , पत्रकार , राजनीति दलका प्रतिनिधि र समाजसेवि सरुको उपस्थितिमा परिचात्मक कार्यक्रम सम्पन्न भएको थियो । उपस्थित सवै राप्तीमा भएका समस्या र प्रहरीले खेल्नु पर्ने भुमिकाको बारेमा सुझाव दिएका थिए ।

कुनै राजनीतिक दलको प्रभावमा नपरिकन आफ्नो कार्यसम्पादन गर्न सुझाव दिएका थिए । जवाफमा निरीक्षक साहले आफ्नु सकेसम्म बुद्धि विवेकले काम गरे सम्म निष्पक्ष रुपामा काम गर्ने बताउदै सम्पुर्ण नागरिकले आफुलाइ सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।

पूर्वकार्यालय प्रमुख तथा प्रहरी निरीक्षक भुवन भट्टको जुम्ला जिल्लामा सरुवा भएकाले इलाका प्रहरी कार्यालय भालुबाङको कार्यालय प्रमुखको भुमिका निर्वाह गर्न अर्घाखाँचीबाट सरुवा भै शाह भालुबाङ आउनु भएको छ ।

Facebook Comments