• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमे गाउँपालिकामै पहिलो सुविधा सम्पन्न होटल




प्रभात गुरुङ/ रुकुम पूर्व भूमे गाउँपालिकामै पहिलो सुविधा सम्पन्न होटल उद्घाटन भएको छ । नयाँ वर्षको अवसर पारेर एक कार्यक्रमका बीच गाउँपालिकाको १ नम्बर वडा लुकुम गाउँमा उक्त होटल उद्घाटन गरिएको हो ।

१ करोड ५० लाख लगानीमा संरचना निर्माण पछि होटल सञ्चालनमा आएको सञ्चालक धनकुमार घर्तीले जानकारी दिनुभयो ।

होटलमा २४ सै घण्टा तातो चिसो पानी, स्थानीय परिकार लगायत चाइनिज नेपाली तथा कन्टिनेन्टल खाना नास्ता सँगै आरामदायी अटेज बाथरुम सहितको सुविधा उपलब्ध हुनेछन् ।

उद्घाटन कार्यक्रममा बोल्दै भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले होटल सञ्चालनले पालिकालाई पर्यटन विकासमा थप य‍ोगदान दिने विस्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष बुढा मगरले आफ्नो कार्यकालको ५ वर्ष प्रदेश तथा संघीय स्तरका ठूला कार्यक्रम जिल्लाको सदरमुकाम रुकमकोटमा बसेर चलाइदिँदा दुःख लागेको बताए । पालिका नजिकै राम्रो सुविधा भएको होटल खोज्दा आफुलेे जस्ताको टहरा देखाउनु परेको तर त्यहाँ बस्न नमानेर रुकमकोट नै गइदिने गरेको पनि बुढा मगरले बताए । अब भने त्यो समस्या टर्ने उहाँको भनाइ छ ।

मध्य पहाडी लोकमार्गको छेउमै गाउँपालिकाको कार्यालय छ । त्यहाँबाट ९ किलोमिटर पूर्वमा लोकमार्गकै छेउमा सञ्चालन हुने यो होटलमा पुग्न १५ मिनेटकै समय लाग्छ । आधा घण्टाको समय लगाएर रुकुमकोट बस्न जानु भन्दा कम समयमा राम्रो सुविधा पाउने भएपछि यतै बस्न आउँछन् उनले भने ।

होटलमा एक हलको व्यवस्था रहेकाले सरकारी तथा गैर सरकारी संघसंस्थाहरूले कुनै कार्यक्रम चलाउनुपर्दा पनि सजिलो हुनेछ ।

होटल सञ्चालनमा आउँदा सरकार र निजी क्षेत्रको आपसी परस्परको सम्बन्ध हुने, किसानको उत्पादनले बजार पाउने जस्ता फाइदा हुन्छन् ।

Facebook Comments