• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा आजदेखि कक्षा ८ को पालिकास्तरीय परिक्षा शुरु




कमिरेचौर,४ बैशाख । दाङको बंगलाचुलीमा आजदेखि कक्षा ८ को पालिकास्तरीय परिक्षा सुरुभएको छ । बंगलाचुली गाउँपालिकाको ११ वटा सामुदायिक विद्यालयहरुमा पालिका स्तरिय परिक्षा सूरुभएको बंगलाचुली गाउँपालिका शिक्षा शाखा प्रमुख ओम प्रकाश केसीले जानकारी दिनुभयो । यस वर्षको कक्षा ८ को परिक्षामा गाउँपालिका भरिका ४ सय ८५ छात्र छात्रा सहभागि भएको उहाँले बताउनु भयो ।

यसैविच अन्य कक्षाको वार्षिक परिक्षा पनि आजै बाट सूरु गरिएको शिक्षा शाखा प्रमुख केसीले जानकारी दिनुभयो । यो परिक्षा बंगलाचुली गाउँपालिका भरका सबै सामुदायीक विद्यालयमा सुरु भएको उहाँले बताउनु भयो ।यसैविच आजदेखी सुरु भएको परिक्षाको अनुगमन समेत गरिएको छ । बंगलाचुली गाउँपालिकाको वडा नम्वर ३ मा रहेको महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारी र आधारभुत विद्यालय दाङवाङ्गमा संचालन भएको परिक्षाको अनुगमन गरिएको हो ।

बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय,आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य,शिक्षा शाखा प्रमुख ओम प्रकाश केसी लगाएतको टोलिले परिक्षाको अनुगमन गरेको हो ।

Facebook Comments