• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा कृषि गणना शुरु हुँदै




हिमाल महारा
घोराही, ४ बैशाख । जिल्ला कृषि गणना कार्यालय दाङले बैशाख ६ गतेदेखि जिल्लामा कृषि गणना २०७८ शुरु जानकारी दिएको छ । कार्यालयले आज आइबार घोराहीमा जिल्लास्तरीय कृषि गणना सेचतना गोष्ठीको आयोजना गरी सो जानकारी गराएको हो ।

No description available.
“कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार” भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि गणना २०७८ सफल बनाउन बैशाख ६ गतेदखि जेठ १९ गतेसम्म दाङ जिल्लामा कृषि गणना गरिने जिल्ला कृषि गणना दाङका प्रमुख तुलसीराम पोख्रेलले बताएका छन् । उनले नेपालमा कृषि गणना वि.सं. २०१८ सालबाट सुरुभएको र प्रत्येक १०/१० वर्षको अन्तरमा हुने कृषि गणना नेपालमा ६० वर्षको अवधि पूरा गरेको र यो महाअभियानलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

यो कृषि गणना २०७८ को राष्ट्रिय कृषि गणना नेपालको सातौं र २०७२ मा जारी भएको नेपालको संविधान बमोजिम संघीय प्रणालीको पहिलो कृषि गणना भएको तथा यसले ७५३ वटै स्थानीय तहसम्मका कृषि सम्बन्धी तथ्यांक उलब्ध गराउने उनले स्पष्ट धारणा राखे ।

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्यांकन गर्न आवश्यक पर्ने तथांकको खाँचो पूरा गरी योजनाविद् र नीति निर्माताहरुलाई सघाउ पु¥याउने, देशव्यापी रुपमा कृषकले चलन गरेका जग्गा, लगाएको बाली, पशुपच्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण उपलब्ध गराउने, कृषिसम्बन्धी राष्ट्रिस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यहरुका सूचकहरुको लागि आवश्यक तथ्यांक उपलब्ध गराउने, कृषिसम्बन्धी अन्य सर्बेक्षणका लागि आधार तयार गर्ने तथा समग्र कृषि तथ्यांककोस्तर बढाउने कृषि गणनाको मुख्य उद्देश्य रहेको उनले उनको भनाइ छ ।

कार्यालय प्रमुख तुलसीराम पोख्रेलेको अनुसार ७५३ स्थानीय तहमा १३ हजार पाँच सय ७८ गणना क्षेत्रबाट ३ लाख ५० हजार कृषक परिवार छनोट गरी गणना गरिने छ र यसबाट छुट्टाछुट्टै विवरण संकलन हुने तथा विवरण संकलन गर्ने जो कोहीले पनि कसैकोपनि गोपनियता भंगहुने गरी विवरणहरु देखाउन नपाइने तर यदि कसैले गोपनियता भंग गरेमा त्यसलाई कानुन बमोजिक कारबाही हुने छ ।

राष्ट्रिय कृषि गणना २०७८ का लागि देशभर १ हजार पाँस सय सुपरिवेक्षक र ६ हजार गणक परिचालन हुनेभएतापनि दाङ जिल्लामा २२ जना सुपरिवेक्षक र ८३ जना गणक तथा व्यवस्थापन जनशक्ति कार्यालयबाट ९ जना गरी जम्मा १ सय ९ जना परिचालन हुने छन् । कृषि गणनामा घर परिवारले गरेका कृषि कार्य, संस्थागत कृषि कार्य, ( सरकारी, अर्धसरकारी, सहककारी, व्यवसायहरुले गरेका कृषि कार्य) र वडागत सामुदायिक कृषि सम्बन्धी क्रियाकलापहरु समेटिने छन् ।

दाङ जिल्ला कृषि गणनाका लागि २ सय ९३ वटा क्षेत्रहरु छुट्याएको छ । जसमा बंगालचुलीमा १८, घोराहीमा ३६, तुलसीपुरमा ३६, शान्तीनगरमा २२, बबईमा २१, दंगीशरणमा १८, लमहीमा २३, राप्तीमा, २१ र राजपुरमा २१ वटा क्षेत्रबाट करिब ५ हाजर ९ सय ७५ कृषकहरुको विवरण संकलन गरिने छ, भने एउटा क्षेत्रबाट औषतमा २५ जना कृषिको विवरण संकलन हुने कार्यालय प्रमुख पोख्रले जानकारी दिए ।

दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कृषि गणना समन्वय समितिका संयोजक हिरालाल रेग्मीले प्रत्येक १०/१० वर्षको अन्तरमा हुने कृषि गणनालाई सम्बन्धित पक्षहरुले आ–आफ्नो क्षेत्र, निकायमा गणकहरुलाई सहयोग गर्ने, अनुगमन गर्ने र जनतालाई शुसुचित गर्नुपर्ने बताए ।

दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कृषि गणना समन्वय समितिका संयोजक हिरालाल रेग्मीको अध्यक्षमा भएको कार्यक्रमको सहजीकरण गणेश प्रसाद मरासीनीले गरेका थिए ।

 

 

Facebook Comments