• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसइईमा दाङबाट १३ हजार बढी परिक्षार्थी सहभागी हुने




दाङ, ४ बैशाख । माध्यमिक शिक्षा परिक्षा (एसइई)मा दाङबाट १३ हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । आउँदो शुक्रबारबाट हुने एसइईमा जिल्लाका दशवटै पालिकाबाट १३ हजार १५२ परिक्षार्थी सहभागी हुने भएका हुन् ।

एसइईमा दाङबाट सहभागी हुनेमा छात्रको तुलनामा छात्रा बढी रहेका छन् । जिल्लामा अहिले ६ हजार २३४ छात्र र ६ हजार ९१८ छात्रा एसइइमा सहभागी हुन लागेका हुन् ।

जिल्लामा प्राविधिक धार, गे्रड वृद्धि, खुल्ला र नियमित गरी १३ हजार बढी परिक्षार्थी एसइइमा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र दाङका प्रमुख मित्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा प्राविधिक धारतर्फ ३५०, ग्रेड वृद्धिका लागि ९४ , खुल्लाबाट ८५ र अन्य नियमित विद्यार्थी एसइइ दिन लागेका छन् । जिल्लामा एसइइका लागि ४५ वटा विद्यालय परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

एसइईका लागि घोराही र तुलसीपुरमा १३÷१३ लमहीमा ५, राप्ती र गढवामा ३÷३, बबई, शान्तिनगर र दंगिशरणमा २÷२ र राजपुर र बंगलाचुलीमा १÷१ वटा परिक्षा केन्द्र तोकिएको हो । प्राविधिक धारका लागि घोराहीको दिपशिखा विद्यालयलाई परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

आउँदो शुक्रवारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यस्तै, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परिक्षाका लागि परिक्षा केन्द्रमा उत्तरपूस्तीका र प्रश्नपत्र पु¥याउने काम अन्तिम चरणमा पुगेको केन्द्रका प्रमुख गौतमले जानकारी दिनुभयो ।

Facebook Comments