• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
इलाका प्रहरी कार्यालय भालुवाङको नयाँ प्रहरी प्रमुखमा शाह




ओमप्रकाश गुप्ता
भालुवाङ, ४ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङमा नयाँ प्रहरी प्रमुख प्रहरी निरिक्षकको रूपमा सुजनविक्रम शाह आएका छन् ।No description available.

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको प्रहरी कार्यालयमा वैशाख २ गते प्रहरी निरिक्षक शाह जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरूवा भएर आएका हुन् ।

प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरिक्षक शाहले यश क्षेत्रको शान्ति सुरक्षामा कुनै कमि नहुने बताएका छन् । देउखुरी टुडे सँग कुरा गर्नु हुँदै प्रहरी निरिक्षक शाहले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थालाई समेत मजबुद बनाइएको बताएका छन् ।

यस्तै लामो समय इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी निरिक्षक भुवन भट्टको जिल्ला प्रहरी कार्यालय जुम्लामा सरूवा भएको छ । प्रहरी निरिक्षक भट्ट र शाहको गत चैत २४ गते प्रहरी प्रधान कार्यालयले काठमाडौंले सरूवा गरेको हो ।

यसै बीच नयाँ प्रहरी प्रमुख सुजनविक्रम शाहलाई राप्ती गाउँपालिकाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी प्रमुख शाहलाई शान्ति सुरक्षाको काममा अब्बल रहन शुभकामना प्रदान गरिएको छ ।

Facebook Comments