• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण प्रतियोगिता जारी




दाङ, ४ बैशाख । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औं स्थापना दिवसमो अवसरमा व्यवसायीहरु बीच आइतवार बिहान भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा अटो व्यवसायी समिति विजयी भएको छ । No description available.

आइतवार विहान भएको राप्ती अटो इन्जीनियरीङ व्यवसायी र दाङ जिल्ला फोटो ग्राफर एशोसियन विच भएको खेलमा १ गोलका विरुद्ध २ गोलले अटो व्यवसायी समिती विजयी भएको हो फुटवल प्रतियोगीता उप समितीका सदस्य माधव खनालले जानकारी दिए ।

आइतवार साँझ फेन्सी व्यवसायी तथा सुनचाँदी व्यवसायीहरु विच प्रतियोगीता हुने छ । फाइनल खेल सोमवार विहान हुने फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए ।

यसैगरेर कुसीदौड प्रतियोगीतामा मुक्तिराम खनाल प्रथम थानेश्वर वुढा द्धितीय र मिलन लामा तृतीय भएको कुसीदौड प्रतियोगीता उप समितीका संयोजक देवकला वस्नेले जानकारी दिइन् ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष धुव्रराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल प्रतियोगीता सञ्चालन समितीका संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजिकरण कुसीदौड प्रतियोगीता उप समितीका संयोजक देवकला वस्नेतले गरेकी थिइन् ।

संघले आफनो स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता सञ्चालन गदै आएको छ ।

Facebook Comments