• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चर्चित लोकदोहोरी गायिका भूमिकालाई लोकप्रिय अवार्ड




हिमाल महरा
दाङ । चर्चित लोकदोहोरी तथा स्टेज क्विनले चिनिएकी दंगाली गायिका भूमिका गिरीले लोकप्रिय अवार्ड हात पार्न सफल भएकी छिन् । शनिबार काठमाडौंमा सम्पन्न बाह्रौं विन्दबासिनी म्युजिक अवार्डमा गिरीले फिक्का चिया बोलको गीतबाट सो अवार्ड हात पार्न सफल भएकी हुन् ।No description available.

लोकप्रिय अवार्ड जितेकोमा खुसी साट्दै भूमिका गिरीले सामाजिक संजाल फेलबुकमा स्टाटस लेख्दै भनेकी छिन् –“बाह्रौं बिन्दबासिनी म्युजिक अवार्डमा हाम्रो फिक्का चिया गीतबाट पपुलर अवार्ड पाउन सफल हुँदा एकदमै भाबुक र खुशी भएकी छु। गीतका गायक खेम सेन्चुरी,शब्द राजन क्षेत्री र संगीत खेम पुन र फिक्का चियाका गित म्युजिक भिडियो टिमलाई पनि विशेष सम्झिन चाहन्छु।

आयोजकसंगै आदरणीय निर्णयक ज्युहरुप्रती हार्दिक नमन व्यक्त गरेकी छिन् । भूमिकाका ‘गोरखपुरको सलाई’,’चोली मैलै भो’,’तारासंगै जुन’,’त्यो दिल भित्र’लगायतका गीत निकै लोकप्रियता रहेका छन् ।

Facebook Comments