हिमाल महरा
दाङ । चर्चित लोकदोहोरी तथा स्टेज क्विनले चिनिएकी दंगाली गायिका भूमिका गिरीले लोकप्रिय अवार्ड हात पार्न सफल भएकी छिन् । शनिबार काठमाडौंमा सम्पन्न बाह्रौं विन्दबासिनी म्युजिक अवार्डमा गिरीले फिक्का चिया बोलको गीतबाट सो अवार्ड हात पार्न सफल भएकी हुन् ।
लोकप्रिय अवार्ड जितेकोमा खुसी साट्दै भूमिका गिरीले सामाजिक संजाल फेलबुकमा स्टाटस लेख्दै भनेकी छिन् –“बाह्रौं बिन्दबासिनी म्युजिक अवार्डमा हाम्रो फिक्का चिया गीतबाट पपुलर अवार्ड पाउन सफल हुँदा एकदमै भाबुक र खुशी भएकी छु। गीतका गायक खेम सेन्चुरी,शब्द राजन क्षेत्री र संगीत खेम पुन र फिक्का चियाका गित म्युजिक भिडियो टिमलाई पनि विशेष सम्झिन चाहन्छु।
आयोजकसंगै आदरणीय निर्णयक ज्युहरुप्रती हार्दिक नमन व्यक्त गरेकी छिन् । भूमिकाका ‘गोरखपुरको सलाई’,’चोली मैलै भो’,’तारासंगै जुन’,’त्यो दिल भित्र’लगायतका गीत निकै लोकप्रियता रहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।