• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्मचारी र शिक्षक संगठनको परिचात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम




जगत खनाल
भालुबाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिका कमिटीको संयुक्त आयोजनामा राप्ती गाउपालिका वड नम्बर ५ खौराबाबामा परिचात्मक तथा नयाँ वर्ष २०७९को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कर्मचारी संगठनका राप्ती गाउँपालिका अध्यक्ष निमबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु रहनु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री थारुले समाजमा शिक्षक र कर्मचारीहरु बिश्वास र भरोसाको पात्र भएकाले आफ्नो पार्टीको बिचारलाई जनतामाझ गएर प्रष्ट पार्न र आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजय बनाउन सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य राम प्रसाद जैसी , नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव बिष्णु प्रसाद खनाल , नेकपा माओवादी केन्द्र राप्ती गाउपालिका इन्चार्ज चित्र बहादुर थापा , गाउँपालिका अध्यक्ष स्यामेस चौधरी , स्वास्थ्यकर्मी प्रकाश बिष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउपालिका अध्यक्ष कृष्ण बुढको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन कर्मचारी संगठनका केन्द्रिय सदस्य बिश्वास बिकले गर्नु भएको थियो |

Facebook Comments