• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय जनमोर्चाको चुनावी आमसभा सम्पन्न




जगत खनाल  ३ वैशाख, भालुबाङ
राष्ट्रिय जनमोर्चा राप्ती गाउपालिका कमिटिको आयोजनामा लालमटियामा चुनाबी आमसभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा राप्ती गाउपालिका कमिटी अध्यक्ष केशव खनालको अध्यक्षता तथा पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसिको प्रमुख आतिथ्यतामा चुनाबी आमसभा सम्पन्न भएको हो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष केसीले चुनाव महँगो भएको बताउनु भएको छ । “पैसावाला व्यक्ति मात्र चुनाब लड्न सक्ने भन्दै इमानदार , योजना भएका तर पैसा नभएका व्यक्ति चुनाब लड्न सक्ने स्थिति छैन” जब सम्म भ्रष्टाचारको अन्त हुदैन तब सम्म यस्तै अबस्था रहने भन्दै जनताले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई जिताउन अनुरोध गर्दै आफ्नु हरुले चुनाब जिते भ्रष्टाचार जरैदेखि अन्त हुने ठोकुवा पनि गर्नु भएको थियो ।
mcc को चर्को बिरोध गर्दै केसिले अहिले नेपालको राष्ट्रियता र स्वाधीनता खतरामा रहेको भन्दै सम्पुर्ण नेपाली जनतालाई राष्ट्रिय स्वाधीनताको पक्षमा जहिले पनि उभिन आग्रह गर्नु भएको थियोे ।
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य ठाकुर आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको आमसभालाई राष्ट्रिय जनमोर्चा केन्द्रिय कार्यकारी अध्यक्ष रश्मिराज नेपाली , केन्द्रिय उपाध्यक्ष जनकराज शर्मा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले सम्बोधन गर्दै स्थानीय तहको चुनावलाई केन्द्रित गरेर लाग्न सम्पुर्ण कार्यकर्ता लाई आग्रह गर्नु भएको थियो ।
उक्त आमसभामा केपी वलि प्रबृत्तिको सबै वक्ताले चर्को बिरोध गरेका थिए भने गठबन्धन रहेका दल हरु प्रती नरम रुपमा प्रस्तुत भएका थिए ।

Facebook Comments