• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण खेलकुद कार्यक्रम जारी




दाङ,३ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो ५२ औं स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्री पुर्ण प्रतियोगीता सुरु गरेको छ । संघले शनिबार एक कार्यक्रमको आयोजना गरि प्रतियोगीताको उद्घाटन गरेको हो ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष एवम मानार्थ सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए ।

शनिवार साझ भएको फुटवल प्रतियोगितामा किराना तथा गल्ला समिति र फेन्सि व्यवसायी विच भएको प्रतियोगीतामा फेन्सी व्यवसायी विजयी भएको हो । १ का विरुद्ध २ गोलले फेन्सि विजयी भएको फुटवल प्रतियोगीता उप समितीका सदस्य मधब खनालले जानकारी दिए ।

प्रतियोगीतामा ६ वटा समुहको सहभागिता रहेको छ ।
यसैगरेर कुर्ची दौड प्रतियोगीतामा मुक्तिराम खनाल प्रथम, थानेस्वर बुढा द्धितीय र मिलन लामा तृतीय भएको दौड प्रतियोगीता उप समितीका संयोजक देबकला बस्नेतले जानकारी दिए ।

व्यवसायीहरुलाई खेलको माध्यम बाट मनोरञ्जन, भेटघाट गराउने तथा आपसमा चिन जान गराउने उदेश्यले मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

संघको स्थापना दिवसको अवसरमा फुटवल प्रतियोगीता, दौड, कुसी दौड तथा हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको प्रतियोगीता समितीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिए ।

Facebook Comments