• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजविद्या पाठशालाको अभिभावक भेला




घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण पौडेलले वर्तमान परिवेशमा संस्कारसहितको शिक्षा आवश्यक रहेको बताएका छन् । दाङको घोराहीस्थित राजविद्या पाठशालाको अभिभावक भेला तथा नतिजा प्रकाशन कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत पौडेलले बालबालिकाको लागि संस्कार र संस्कृतिसहितको शिक्षा आवश्यक रहेको बताएका हुन् ।

आज शनिबार आयोजित अभिभावक भेला कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत पौडेलले बालबालिकालाई समाज सिकाउन जरुरी रहेको बताए । ‘हामी बालबालिकालाई देश विदेशका कुरा सिकाउँछौँ तर समाजका कुरा विरलै सिकाउँछौँ । बालबालिकालाई समाज सिकाउन, समाज चिनाउन आवश्यक छ । समाजलाई चिन्न सकेपछि मात्र बालबालिकालाई लक्ष्य चयन गर्न सजिलो हुन्छ । यसमा विद्यालयको जत्तिकै महत्वपूर्ण भूमिका अभिभावकको पनि रहन्छ ।’ उनले थपे, ‘संयुक्त परिवार हुर्किको बच्चाभन्दा एकल परिवारमा हुर्किएको बच्चामा अलि बढी त्रसित मानसिकतामा देखिन्छ । यो अध्ययन पनि देखाएको छ । परिणामतः पछिल्लो पिढीका बच्चामा त्रसित मानसिकतामा देखिएको छ । म अभिभावकलाई निवेदन गर्दछु बालबालिकाका त्रुटि औंल्याउँदै गाली गरेर होइन राम्रा कुरा देखाएर प्रशंसा गरेर खुशी र उत्साहित बनाउनुहोस् । यो सिकाइको उत्तम उपाय हो ।’

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाजंग बिकेले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुका साथै आगामी शैक्षिक सत्रमा विद्यालयका योजनाका बारेमा प्रकाश पारेका थिए । विद्यालयका डाइरेक्टर राजभक्त राना, गणेशप्रताप पुन, नेत्र कुसारी अभिभावक सुनिता विस्ट, पुष्पा केसी र सिर्जना जिएम लगायतले विचार राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदिम केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रिन्सिपल टीकाजंग बिकेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण विद्यालयका डाइरेक्टर शारदा सिजवालले गरेकी थिइन् ।

Facebook Comments