• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही १५ को वाइसीएलको संयोजकमा वली




घोराही, ३ बैशाख । नेकपा माओवादी केन्द्रको घोराही उपमहानगरपालिका १५ मा वाइसीएलको वडा कमिटी गठन भएको छ । पार्टीले वडामा जनबर्गीय संगठनहरुलाई पूर्णता दिने हेतुले आज घोराहीमा भएको जनगर्गीय संगठन तथा प्रशिक्षण कार्यक्रममा टिकाराम वलीको नेतृत्वमा ६३ सदस्यीय वाइसीएल वडा कमिटी गठन भएको हो ।

नेकपा माओवादी केन्द्र घोराही १५ का इन्चार्ज यमप्रसाद अधिकारीको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेकपा घोराही इन्चार्ज निर्मल महरा, महिला नेत्री बालिका शर्मा, पार्टीका नगर सचिब साकार चौधरी, नगरका वाइसीएल अध्यक्ष कुशल मगर, पार्टीका नगर लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण पार्टीका घोराही १५ का सचिब ताराप्रसाद भुषालले गरेका थिए ।

Facebook Comments