जगत खनाल
भालुबाङ । पुर्ब उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका केनन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र , गणतन्त्र , समाबेशी , समानुपातिक र संविधानको रक्षा गर्न ५ दलिय गठबन्धन गर्न परेको बताउनु भएको छ ।
आज राप्ती गाउँपालिकामा क्रियाशिल पत्रकारहरुको साझा संस्था राप्ती प्रेस मञ्चले होटल पौवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
तत्कालीन सत्तारूढ दल नेकपाको आन्तरिक बिबादका कारण केपि वलीले २०७२को संविधान र प्राप्त उपलब्धि मास्न खोजेको आरोप लगाउदै प्रतिगमनको विरुद्ध आफुहरु विभिन्न पार्टी संग गठबन्धन गर्न परेको पनि बताउनु भएको छ । ” प्रतिगमन यहीँसम्म रोकिदैन तेसै कारणले प्रतिगमन विरुद्ध आउने राजनीतिक शक्तीले केन्द्रदेखि स्थानीय तह सम्म गठबन्धन गर्नु पर्छ ” केसिको भनाइ थियो ।
जनमोर्चाका केन्द्रिय अध्यक्ष केसीले प्रतिगमन सफल नभएपछी एमालेले संसद नै चल्न नदिले र देशलाइ अस्तबस्त पार्ने कोसिस गरिरको आरोप लगाउनु भएको छ ।
” माधब नेपालहरु एमालेमा बस्न नसक्नुको कारण केपि वलि प्रतिगमन सोच र निषेधको व्यबहारले गर्दा हो १५ वर्ष सम्म महासचिव चलाएको मान्छे कुनै कारण पार्टी छोडेर अन्त जान कसरी सक्छ ” केपिको गलत प्रवृत्तिको कारण माधब नेपाल लगायतले पार्टी छोड्नु परेको पनि जिकिर गर्नु भएको थियो ।
mcc राष्ट्रघाती रहेको बताउदै नेता केसिले १२ बुदे ब्याख्यात्मक घोषणा नेपाली जनता लाई झुक्याउने बाहाना मात्र रहेको बताउनु भएको छ । mcc खारेजीको लागि आफ्नो दलले आन्दोलनका कार्यक्रम गरिरहेको पनि बताउनु भएको छ ।
गणतन्त्र सिध्याउन भारतको पनि भुमिका रहिरहेको बताउदै नेता केसि ले पुरातनबादी दरबारिया शक्ति र माक्र्सवादको कुरा गर्ने प्रतिगामी शक्ति लागि रहेको बताउदै उपलब्धि रक्षा गर्न ५ दलिय गठबन्धन जसरिपनी जोगाउनु पर्ने मा जोड दिनु भएको थियो ।
संघीयताको विरुद्ध कडा रुपमा प्रस्तुत भएका नेता केसि यहिले देशमा आर्थिक समस्या देखिनु संघीयता प्रमुख कारण भएको पनि बताउनु भएको थियो ।
संघीयताको बिरोध गर्ने अनि स्थानीय तहको निर्वाचनमा भाग लिने योत बिरोधाभाष कुरा भएन र भन्ने पत्रकारको प्रश्नमा नेता केसिले आफ्नो पार्टीले संघीयता खारेजीको आन्दोलन गरिरको र जनतालाई सचेत गराउन र जनताकोमा जान निर्वाचनको प्रयोग गरेको पनि जिकिर गर्नु भएको थियो ।
बारम्बार गठबन्धनमा जोड दिनु भएका नेता केसिले सम्मानजनक गठबन्धन गर्ने आफुने कोसिस गरिरहेको बताउदै सम्मानजनक सिट बाडफाड नभए मित्रवत रुपमा एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने पनि बताउनु भएको थियो
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।