• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनजागृत युवा क्लबको १२ औं बार्षिक उत्सब सम्पन्न




बिजय रोका क्षत्री
दाङ, २ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ११ बासगजेरीमा अबस्थित जनजागृत युवा क्लबले आफ्नो १२ औं वार्षिक उत्सब सम्पन्न गरेको छ । क्लबले  हिजो बिहीबार एक साँस्कृतिक कार्यक्रमको आयोजना गरि  सो उत्सब सम्पन्न गरेको हो ।

क्लबका अध्यक्ष बिजय रोका क्षत्रीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको थियो ।

२०६७ सालमा तत्कालीन अध्यक्ष जागेश्वर महराले स्थापना गर्नुभएको क्लबले प्रत्येक नयाँ सालमा बैशाख ०१ गत्ते आफ्नो बार्षिक उत्सब मनाउदै आएको छ ।

हाम्रो गाउँ ठाउमा धेरै युवाहरूसंग धेरै कला र गला छन् तर तिनीहरूले उपयुक्त स्थान नपाएका मात्र हुन अबसर पाए उनीहरुले पनि आफ्नो प्रस्तुतिहरु देखाएर केही कदम अगाडि बढ्नलाई सहज होस र आफ्नो गाउँ ठाउमा भएका बेथिति र बिसंगतीलाई जरैदेखि निर्मुल पार्ने उद्देश्यले क्लब को जन्म भएको हो।

आज क्लबको १२ औँ वसन्त पार गरिसक्दा कति पदाधिकारी निस्कियौ होला कति पुनः जोडियौ होला जो जहाँ भएपनी आफ्नो गाउँको क्लबलाई सदैब जिबितै राख्नको लागि सबैले आ-आफ्नो ठाउँ बाट भुमिका खेल्नु पर्नेछ भन्दै सोही क्लबका सस्थापक जागेश्वर महराले बताउनु भएको छ ।

गाउँ समाजमा क्लब हुनु सालौका यसरी विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर नया साल को दिन सबै इस्टमित्र साथिभाइहरुसंग बसेर यसरी नया साल को शुभकामना साटासाट गर्न पाउनु आफैमा एक गौरव गर्नुपर्ने कुरा हो । क्लब त छ तर तिहारमा भैलो खेल्दा, नाचगान गर्ने बेलामा मात्रै क्लबको नाम सुनिनु भएन क्लब सदाबहार गाउँमा क्लब छ है भन्ने पार्नु पर्छ । गाउँ समाजमा भएका अन्याय अत्याचारका विरुद्धमा होस या त बिकृती बिसङ्गतिका बिरुद्दमा होस क्लबले डटेर आवाज उठाउनुपर्छ भन्दै सोही कार्यक्रमका प्रमुख अथिति कुलबहादुर लामिछानेले बताउनु भएको छ।

आज सम्म आइपुग्दा क्लबले राम्रो काम गरेको र आगामी दिनमा अझ यो भन्दा पृथक ढङ्गले अगाडि बढोस क्लबको चौतर्फी बिकासका साथै उन्नती प्रगती हुँदै जावस भन्दै लामिछानेले उपस्थित सबैजनालाई नया शालको शुभकामना दिनुभएको थियो।

स्थानीय सुर्य ज्योति सामुदायिक बन र नव निर्मित महिला भवनको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अथिती कुल बहादुर लामिछाने , बिशिस्ट अथिती अस्थायी प्रहरी चौकी शिवपुरका प्रहरी इन्चार्ज बिबेक रशाइली,प्रा.बि बासगजेरी का प्र.अ.टिकाराम खनाल.बिजय उत्सव टोल बिकास संस्था का अध्यक्ष जागेश्वर महरा र मुलखोली टोल बिकास संस्था का अध्यक्ष मानबहादुर हमाल आ-आफ्नो नया सालको शुभकामना विशेष मन्तव्य ब्यक्त गर्नु भएको थियो।

युवा क्लब र स्थानीय कलाकारहरु बेजोड प्रस्तुति रहेको कार्यक्रममा मनोरंजनका लागि विभिन्न नृत्य ,गित,गजल,र चुट्किला हरु प्रस्तुत गरेका थिए ।

स्थानीय प्रा.बि बासगजेरी का प्र.अ.टिकाराम खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन बालाराम वलि(बिक्रम)ले गर्नु भएको थियो ।

Facebook Comments