• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होटल पौवा भालुबाङद्वारा नयाँ वर्ष बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न




जगत खनाल
भालुबाङ । लुम्बिनी प्रदेशको स्थाइ राजधानी भालुबाङमा रहेको होटल पौवा ले नयाँ वर्ष २०७९ सुभ उपलक्ष्यमा नयाँ वर्ष बिशेष सास्कृतिक कार्यक्रम आयोजना गरेको छ ।No description available.

हिजो साँझ ८ बजे बाट कार्यक्रम सुरु भै राती करिब १ बजे सम्म चलेको थियो । होटल पौवा प्रालिका अध्यक्ष दुर्गा पौडेलको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु रहनु भएको थियो ।

स्थानीय कला संस्कृती जगेर्ना गर्न यस्तो कार्यक्रम आयोजना गरेको होटेल पौवाले जानकारी दिएको छ १ स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारले करिब तीन हजार दर्शक लाई मनोरञ्जन दिएका थिए ।

उक्त कार्यक्रममा समाज सुधार युवा क्लबले थारुजातिमा प्रचलित लठ्ठी नाच प्रस्तुत गरेको थियो, भने अन्य स्थानीय कलाकारले पनि विभिन्न प्रस्तुति दिएका थिए ।

चर्चित लोक गायक पशुपति शर्मा , लोक गाइका अस्मिता डल्लाकोटी , सुरज परियारले आफ्ना चर्चित गित मार्फत करिब चार घण्टा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।

पर्यटन प्रबर्द्धनको यस्ता किसिमका कार्यक्रम आयोजना गरिएको होटल पौवाले जानकारी दिएको छ । प्रमुख परिचालन अधिकारी कृष्ण गौतमको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको संचालन भुवन भुसालले गरेका थिए ।

Facebook Comments