हिमाल महरा
दाङ, ३० चैत । दाङ जिल्ला फोटोग्राफर एशोसियसनको आयोजनामा नयाँ बर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष बसन्त न्यौपानेको अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष बसन्त जोशीको प्रमुख अथितिमा शुभकामना कार्यक्रम दाङको पर्यटकीय स्थल ब्राहकुने दहमा आज बुधबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको दाङ जिल्ला भरिका फोटोग्राफरका भाग्यको खेल प्रतियोगिता आयोजना पनि गरियको थियो प्रथम पुरस्कार प्रिन्टर, द्धितिय पुरस्कार खसी र तृतिय पुरस्कार नगद रु २५२५ रहेको थियो ।
उक्त खेलमा प्रथम पुरस्कार दिनिज फोटो स्टुडियो सिसहनियाले, द्धितिय पुरस्कार दियान फोटो घोराही तथा तृतिय पुरस्कार चौधरी फोटो स्टुडियो भरतपुर, घोराहीले जित्न सफल भएको संस्थाको उपाध्यक्ष मिनराज महराले जानकारी दिनुभएको छ ।
साथै दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा आयोजित फुटवल प्रतियोगितामा सहभागी भएका खेलाडीलाई सम्मान पनि गरिएको संस्थाका महासचिव दुर्गा चौधरीले जानकारी दिएका छन् ।
दाङ जिल्ला फोटोग्राफर एशोसियसन तुलसिपुर शाखाका अध्यक्ष सुरेश भट्टराई, लमहि शाखा अध्यक्ष कृष्ण पन्थी, नेपाल फोटोग्राफर एशोसियसन महासंघका सचिव गणेश दंगाल, महासंघ सदस्य होमराज भट्टराई, नारायणुर खानेपानीका अध्यक्ष कुलप्रदार रजौरे, सुरक्षित कुखुरा व्यवसायीका अध्यक्ष निमबहादुर बुढाथोकी, हाडर्वयर व्यवसायिका कोषाध्यक्ष बिनोद थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।
दाङ जिल्ला फोटोग्राफर एशोसियसनका उपाध्यक्ष नारायण खानालको स्वागत मन्तव्य बाट सरुभएको कार्यक्रम संस्थका सह–सचिव रमेश परियारले संचालन गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।