श्रवण कुमार यादव
देउखुरी।नेपाल कम्युनिस्ट पार्टी देउखुरीको संयुक्त पालिका अन्तर्गतको ७ औँ पूर्ण बैठक सम्पन्न भएको छ । बैठक लमहीको राटोडाडामा रहेको अघोग वाणिज्य संघको सभहलमा भएको हो।
बैठक लमही नगर इन्चार्ज सेक्रेटरी जनकको अध्यक्षतामा, पार्टी जिल्ला विशेष कमिटी सदस्य विक्रमको प्रमुख आतिथ्य, दाङ जिल्ला सेक्रेटरी प्रदीपको विशेष उपस्थिति, राजपुर गाउँपालिका इन्चार्ज उज्जवल, गढवा गा.पा. इन्चार्ज महान, राप्तीका इन्चार्ज विजय र नेकपा दाङ जिल्लासल्लाहकार भीम लगाएतका अतिथिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
उक्त बैठकमा पालिका सदस्यहरुको रिपोर्ट र पार्टीको केन्द्रीय समितिको १२ औँ पूर्ण बैठक र नेकपा दाङको ऐतिहासिक सातौं पुर्ण बैठकले लिएका ऐतिहासिक एवम महत्वपूर्ण निर्णयहरु दृढताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको हो।
बैठकले एमसिसिको विरुद्धमा जनसभा टोल सभा, पार्टी सभा मार्फत भण्डाफोर गर्ने,पालीका स्तरमा mcc राष्ट्रघात, जनघात र महङ्गी विरुद्धको संघर्षका कार्यक्रमहरु संचालन गर्ने, भरष्टचार कमिसन र समाजिक उत्पीडन विरोधी स्थानीयस्तरमा जनसंघर्ष चलाउने, जिल्ला केन्द्रले तय गरेको mcc विरुद्धको कार्यक्रममा सहभागिता जनाउने हुने, पालिका कमिटी, वडा कमिटी, टोल कमिटी र जनतासँग वर्तमान कार्यनीतिको विषयमा परीक्षण गर्ने, जबस कमिटीको भेला सम्मेलन तथा कमिटीको पालिका स्तरीय भेला गर्ने, पार्टी र जवस मोर्चाहरुले वडा टोल लगायतका क्षेत्रहरुमा भन्डाफोर गर्ने, स्थानीय चुनावमा पार्टी दर्ता गरेर नजाने तर यमसिसि एवं राष्ट्रघात विरोधी जनपक्षीय प्रतिनिधिलाई सहभागी गराउने र सहयोग गर्ने, क्रान्तिकारी ध्रुवीकरणलाई स्थानीयस्तरमा जोड दिने, संगठन सम्बन्धमा वडा कमिटी र टोल कमिटीलाई सुदृढगर्ने र जवस र मोर्चका पालिका कमिति सुदृढ गर्ने र वडा कमिटी गठन गर्ने लगायतका आर्थिक सम्बन्धमा उत्पादन सम्बन्धमा विभिन्न निर्णय गरेको हो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।