बिष्णु गोराथोकी
पद्मोदय क्याम्पसमा रक्तदान सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ । रक्तदान सम्बन्धि कस्तो व्यक्तिले रक्तदान गर्न मिल्छ र के कस्ता साबधानि अपनाउनु पर्छ भन्ने विषयमा ब्लड फर नेपालले क्याम्पसमा अभिमुखीकरण कार्यक्रम राखेको हो ।
नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रका दिलिप न्यौपानेले कस्तो व्यक्तिले रक्तदान गर्न मिल्छ र के कस्ता साबधानि अपनाउनु पर्छ, कुन उमेर समुहले रक्तदान गर्न मिल्छ भन्ने जानकारी दिनुभएको थियो ।
कार्यक्रममा १७ बर्ष पूरा भएको र वजन ४५ केजि भएको व्याक्तिले पुरुषको हकमा तीन महिना र महिलाको हकमा चार महिनाको अबधिमा रक्तदान गर्न सकिने बताउनुभयो थियो ।
मानिसलाई प्रतिकेजी ५० एमएल रगत भए पुग्ने न्यौपानेले जानकारी दिनुभयो ।
नेपाल रेडक्रसका उपाध्यक्ष तथा पद्मोदय क्याम्पसका शिक्षक निशान्त आचार्य र क्याम्पस प्रमुख निश्चल आचार्यले पहिले नै रक्तदान कार्यक्रम गर्न छलफल भएको तर ब्लड बैंकमा राख्ने ठाउँ नभएकोले केही दिनमै रक्तदान कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।
कार्यक्रममा सामाजिक अभियन्ता तथा नियमित रक्तदाता समीर ओली, आदित्य कशौधन र नेपाल रेडक्रसका इक्षा बुढाथोकीलगायतको सहभागिता थियो ।
कार्यक्रममा उपस्थितहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने उक्त कार्यक्रमको सहजिकरण सुस्मिता पाण्डेले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।