• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा गठबन्धनले संयुक्त प्रचार समिति बनाउने, अनुगमन समिति गठन




लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल बलियो बनाउन स्थलगत अनुगमन समिति गठन गरेको छ ।

गठबन्धनको आज बसेको बैठकले सो समिति गठन गरेको हो । जसमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुमकान्त न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अशोक कोइलारा, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा बोमबहादुर खत्री रहनुभएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा विगत ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धि गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भइ नसकेको उल्लेख छ ।

यसकारण आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता र अपरीहार्यता झन बढ्दै गइहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘आजको बैठकमा परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहमाथि अझै बढी जिम्मेवारी थपिएको महसुस गर्दै मिति २०७८ साल चैत्र २८ गते लुम्बिनी प्रदेश स्तरीय तपशील बमोजिमका चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बैठकबाट आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।’

जसका लागि पाँच दलिय गठबन्धन बाहेकका अन्य दलहरुसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने, चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने र जिल्लास्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह निर्णय गरिएको छ ।

Facebook Comments