बिजय रोका घोराही, २८ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ११ शिवपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को बैठक आइतबार सम्पन्न भएको छ ।
घोराही ११ का वडा कमिटी अध्यक्ष गोबिन्द गौतमको अध्यक्षता एवं घोराही ११ का वडा अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाको वडा नम्बर ११ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उम्मेदवारी घोषणा सम्बन्धमा बसेको बैठकमा आज सम्म भए गरेका विभिन्न पार्टीका राम्रा/नराम्रा कामको समीक्षा र के-कस्ता ब्यक्तिले उम्मेदवारी दिन सकिन्छ त भन्ने बिषय मा छलफल भएको थियो।
सकेसम्म सर्बसम्मत उम्मेदवारी घोषणा होस अहिलेसम्म दाङका २१ वडामा सर्बसम्मत उम्मेदवार घोषणा भैसकेको छ । यहाँ पनि त्यस्तै होस यदि नभएपनि जनताबाट आशा र भरोसा बोकेका गाउँ समाजका लागि केही गर्ने दृढ सङ्कल्प बोकि जित्न सक्ने क्षमता भएका प्रतिनिधिहरु चुनेर पठाउनु पर्छ र हामीले नै रोजेका नेतालाई हामीले जिताउनु पर्छ भनी हामी अगाडि बढ्यौ भने हाम्रो जित सुनिश्चित हुनेछ भन्दै दाङ जिल्ला कमिटी सचिब मनोहर बुढाथोकीले बताउनुभयो ।
बैशाख ३० एमालेको जित सुनिस्चित भन्दै बुढाथोकीले ११ मा जितको अग्रिम शुभकामना ब्यक्त गर्नु भएको छ । जिल्ला कमिटी बैठकले सर्बसम्मत उम्मेदवारी घोषणा गर्ने भनी निर्णय गरेतापनि घोराही को ११ नम्बर वडामा जनप्रतिनिधिको आकङ्क्षा बोकेका धेरै हुँदा सर्बसम्मत हुन नसकेको र आकाङ्क्षीहरुको नाम टिपेर जिल्ला पार्टी कार्यलाय घोराही दाङमा पठाउने निर्णय भएको भन्दै सोही वडाका वडाध्यक्ष कुलबहादुर लामिछानेले जानकारी दिनु भएको छ।
आगामी निर्वाचनको लागि अध्यक्ष पदका लागि कुलबहादुर लामिछाने, मदन कुमार आचार्य र गोबिन्द गौतम गरि ३ जनाको नाम सिफारिस गरिएको छ भने सदस्य पदका लागि चित्र बहादुर डाँगी,ज्ञानेन्द्र बिसी,पबित्रा लामिछाने ,सर्स्वता गौतम,सुबाश बस्नेत,रामशिङ गन्धर्व ,कमला बि क र बुद्दिराम बस्नेत गरि जम्मा ८ जना को नाम जिल्ला पार्टी कार्यालय घोराहीमा सिफारिस गरियको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।