• १३ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर घोराहीको अध्यक्षमा डाँगी   




घोराही, २७ चैत । प्रेस सेन्टर नेपाल घोराही उपमहानगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।  आइतबार घोराहीमा सम्पन्न सो भेलाले सन्तोष  डाँगीको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको  हो  ।

प्रेस सेन्टर नेपालका सन्तोष डाँगीको अध्यक्षता तथा प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज अजयदीप शर्माको प्रमुख आतिथ्यतामा भएको भेलाले डाँगीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा हेमराज परिवर्तन र वर्षा मगर, सचिवमा आभाष बुढाथोकी, सह सचिवमा रोम थापा र कोषाध्यक्षमा अस्मिता परियार चयन भएका छन् ।

सदस्यहरुमा देवका परियार, लालसुर विष्ट, रमन शर्मा, शालिकराम चौधरी, खेमराज न्यौपाने, भ्यूमन मगर, हिमाल मगर, शुरेश मगर, विष्णु गोराथोकी, प्रतिक्षा मगर, एलिजा चौधरी, कमला पौडेल, सिर्जना चौधरी, महेन्द्र विक रहनु भएको छ ।

उपाध्यक्ष हेमराज परिवर्तनको स्वागत मन्तव्यवाट सुरु भएको भेलाको सहजीकरण आभास बुढाथोकीले गरेका थिए ।

Facebook Comments