• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`झिल्के’को ट्रेलर सार्वजनिक हुँदै




दाङ , २७ चैत । दाङका निर्देशक सुदन थापाको निर्देशनमा बनेको चलचित्र ‘झिल्के’ सार्वजनिक हुने तयारीमा रहेको छ ।
दंगालीहरुकै लगानीमा दाङकै पर्यटकिय स्थलमा छायांकन गरिएको चलचित्र ‘झिल्के’को ट्रेलर चैत्र ३० सार्वजनिक गर्ने तयारी रहेको छ । लामो समय देखि दाङमा रहि चलचित्र निर्देशन गरेका सुदन थापा मोफसलका उदयमान युवा निर्देशक हुनुहुन्छ ।

झिल्केमा ग्रमीण परिवेशको गरीबी र अभाबग्रस्त युवाको जिवनकथालाई कलात्मक ढंगले उठान गरिएको निर्माण पक्षले दाबी गरेको छ ।

चलचित्रमा अभाव र बाध्यताले आफ्ना इच्छा र चाहनालाई कुण्ठीत गर्दै बिदेशिनु परेको युवाको कष्टप्रद जिवनलाई उजागर गर्ने प्रयत्न गरिएको बताइएको छ । चलचित्रमा बिदेशीएको युवाको सपना र उसको दबित रहेको आकांक्षालाई कारुणीक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ ।

थापाकै लेखन निर्देशन रहेको चलचित्रमा उहाँको आफ्नै अभिनय समेत रहेको छ । चलचित्रमा पछिल्लो समय सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आउनुभएकी लक्ष्मी थापाको मुख्य भुमिका रहेको छ र बालकलाकारको भुमीकामा ११ बर्षीय मिरिद्धीया महराको अभिनय रहेको निर्देशक थापाले बताउनुभयो ।

कम लगानी र अत्यावश्यकिय स्रोत साधनको अभावमा समेत मोफसलबाट सही कथावस्तुसहित सामाजिक यथार्थता उजागर गर्ने उदेश्यले निर्माण गरिएको उक्त चलचित्र दाङकै भुमीमा छायांकन गरिएको निर्माण पक्षको भनाइ छ ।
फिल्ममा दाङकै कलाकारहरु नवीन डागी, बाबुराम डागी, निता पुन, रोजन रोका, मनोज राना, रुचा मगर, अर्जुन हमाल, गोपाल नेपाली, विजय सुनार, गणेश सुनारको अभिनय रहेको निर्देशक थापाले बताउनुभयो ।

दाङलाई फिल्म नगरीकोरुपमा विकास गरि कम बजेट र प्रबिधिको अभाबमा समेत स्तरिय चलचित्र बनाइएको चलचित्र युनिटले बताएको छ ।

ग्रामीण परिवेशको गरीबी र अभावले आफ्ना सपना पूरा गर्न नसकी परदेशिनु परेको युवाको कथालाई कलात्मक ढंगले उजागर गरिएकाले दर्शकहरुले रुचाउनेमा निर्माण पक्षको अपेक्षा छ ।

फिल्मको छायांकन लगायत सबै काम सकिएको र चैत्र ३० गते फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशक सुदन थापाले जानकारी दिनुभयो ।

जिल्लामा रहेका प्रतिभावान कलाकारहरुको कला प्रष्फुटन गर्दै मोफसलमा पनि कलकारिताको भविस्य छ भन्ने दर्शाउन फिल्म निर्माण गरिएको निर्देशक थापाले बताउनुभयो

Facebook Comments