• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अतीतले रुवाउँछ !




No description available.   एचबी शेरचन

आजभन्दा ३० वर्षअघि अर्थात् २०४८ सालको वसन्त ऋतुको समयमा घोराही बजारको गणेश चलत्रित्र हलमा
धर्तीभरी खोज्दाखोज्दा, फूलहरु रोज्दारोज्दा
मैले आज एउटा परी पाए, चिन त्यो को होला२
तिमी नै तिमी, तिमी नै तिमी ।

यही गीत गुञ्जिरहेको थियो । त वनपाखा पखेराहरु रङ्गीनमय बनिरहेका थिए । वसन्त ऋतुको समयमा फूल्ने फूलहरु झकिझकाउँ फूल्दै थिए । काफल पाक्यो, काफल पाक्यो आवाज सुनिन्थ्यो । दाङ जिल्ला एशियाकै समतल भूभाग आफैमा कति लोभलाग्दो छ । केही वर्ष यता धारापानी मन्दिर, रक्षाचौर पार्क, जाखेरा ताल, पश्चिम झरणा, बाह्रकुने दह, छिल्लीकोट कालिकामालिका, अम्बेकेश्वरी मन्दिर आदिमा स्कूल, कलेज विदाको बेला थुप्रै नानीबाबुले पुगेर भलाकुसारी गर्दै सेल्फी खिच्दै रमाइलो गरेको देख्न पाइन्छ । मानिसको एकबारको चोला खेल्दाखेल्दै, बोल्दाबोल्दै , चल्दाचल्दै यो धर्तीबाट हराउछ, बिलिन हुनुपर्छ र, पनि यो गरुँला , उ गरुला, यसरी बाँचौला, यसरी हाँसौला भन्ने सोचमा सबै डौडिरहेका छौं । मान्छेले सोचे , भने देखे जस्तो कहाँ हुन्छ र ? समयले हसाउँछ , हास्नुपर्छ, समयले रुवाउँछ रुनुप¥यो । जता लखेट्छ उतै लखेटिनुपर्छ । थुप्रैले आफ्नो दर्दिलो असहनी पीडालाई, पानी प¥यो घुम छैन् रुझायो, आफै रोयो आफै मन बुझायो भने झै आफै एक्लै कसैले नदेख्ने गरी लुकीलुकी रुनु छ, नुनिलो आँशु पुछ्नु छ । माया प्रेमको आनन्दमय ,गहराइ (स्पर्स)मा जवानीले छोइदिदा केके हुन्छ , कसरी दुखाउँछ , कसरी रुवाउँछ अब उतै लागौं है त ।

त्यो स्वच्छ, कञ्चन पबित्र समयमा गणेश हलको हल्का कम्पाउण्डमा ३–६ सो हेर्न आएका एकजोडी उभिएर बदाम खाइरहेका थिए । ती जोडीका ठिटा लोर्के खाइलाग्दो त्यस्तै १७/१८ र ठिटी १५/१६ वर्षकी जस्ती देखिन्थिन् । ठिटाले खरानी रङको सट, कालो पाइन्ट लगाएका, जुल्फी पालेको खिस्स हाँसेर बोल्ने, उचाई ५.४ जति भएको, कालो चेन भएको घडी बाँधेका, कपडाको जुत्ता लगाएका, पाइन्टको पछाडि जेपमा एउटा काइयो घुसारेका थिए । ठिटी त केही पात्ली ठिटो जस्तो अग्ली, गहुँगोरी, कालो आँखा, लामो कपाल, पहेँलो सुरुवाल कुर्ता, हिल खाले चप्पल लगाइएकी यसो हेर्दा त भारतीय चलचित्र सौतनका हिरोइनी पदमीनी कोलापुडी जस्ती देखिन्थिन् । यिनीले बदमको सोली पक्डेकी थिइन् । यिनको बोलीको स्वर अलि मिठो थियो । ठिटासँग बदाम खादै भलाकुसारी गर्दा खिस्सखिस्स बोल्दै हाँस्थिन् । यी जोडी साविक सेवार वनगाउँ ८ निबासी थिए । पुरुष ठिटाको नाम थियो नारायण गिरी । महिला ठिटी थिइन् , लक्ष्मी । फिलिम छुट्यो, घण्टी बज्यो ट्वाङट्वाङ । हलमा बाहिरीने र भित्रिनेको घुँइचो भयो । नारायण र लक्ष्मी बालकुनेमा गए । ११ र १२ नम्बरको बालकुनेको सिटमा बसे फिलिम सुरु भयो । आफ्नो भाषा, आफ्नै घरगाउँको दृश्य फेरि निर्देशकहरुले मायाप्रेमको कुरालाई नै बढी फोकस बनाएर लगानी गरेका हुन्छन् । यी जोडीलाई खुब मन प¥यो । त्यो फिल्मको कुरा पटकपटक यस्तो र उस्तो कुरा गर्दै हिहि… हाँहाँ… हाँस्दै थिए । भयो मध्यान्ह । केही बाहिर निस्के केही सिटैमा बसे । नारायाण र लक्ष्मीले मिरिन्दा खाँदै हाँसो ठट्टा गरिरहेका थिए । छिनभरमै सुरु भयो फिल्मको गीत ।

धर्तीभरी खोज्दाखोज्दा फूलहरु रोज्दारोज्दा मैले एउटा परी पाए, चिन त्यो को होला ? चिन त्यो को होला ? तिमी नै तिमी, तिमी नै तिमी । यो गीतमा खै नारायणले के सम्झे । आँखाभरि आँशु झारेर लक्ष्मी यता हेर त भनेर बोले । रुमालले आफ्नो आँशु पुछे । नारायणको यो भावुकतालाई लक्ष्मीले विस्तारै के गरेको राजा तिमीले पिलिज यस्तो नगरन म साथैमा त छु भनेर बोलिन् । नारायणले खै केके सोच्न पुगेछु यो गीतले त मेरो मन पगाल्यो भनेर बोले । फिल्मको त्यो गीत नै त्यस्तै थियो । आजपनि त्यो गीतमा माया प्रेममा हुर्कदै गरेका थुप्रै नानीबाबुहरुलाई कता कता झस्काउँछ । मोबाइलमा भरेका हुन्छन् । थुप्रैले सुन्छन् अनि त रुन्छन् । माया प्रेमको छाहारिमा लुकामारी खेल्दाखेल्दै आज यहाँ भोलि उहाँ गर्दागर्दै नारायण गिरी र लक्ष्मी छिनभर अलगिएर बस्न नसस्ने भए । २०४९ सालमा आषाढ महिनामा अम्बेकेश्वरी मन्दिरमा पुगी प्रेम विवाह गरे । पुजारी गुरुले वेदको दुई चार शब्द बाचन गरी टिका लगाइदिदै तिमीहरुको जीवन सुखमय बितोस्, मनले सोचेको पुगोस् । सधै खुशी रहनु । मर्यादित बनेर बाच्नु भन्दै दुवैलाई आर्शिवाद दिए ।

पे्रम विवाह पश्चात यी दुईको उपहार जेठो छोराको नाम संजय गिरी हो । जो आज २७ वर्षमा प्रवेश गरे । कान्छो छोराको नाम सन्दीप गिरी हो । जो आज २४ वर्षमा लागे । जेठो छेरा संजय गिरी आफ्नो ममतामय आमा लक्ष्मीको पेटमा खेल्दैगर्दा २०५१ सालमा नायायण गिरी नेपाल प्रहरीको जवान पदमा प्रवेश गरेका हुन् । नेपालको तत्कालिन व्यवस्थाविरुद्ध २०५२ साल फागुन १ गतेदेखि नेपालमा जनयुद्ध शुरु भयो ।

युद्धको पहिलो टार्गेटमै नेपाल प्रहरी थियो । नेपाल प्रहरीका अधिकृत जवानहरु सावधानी पूर्वक जुद्धाजुद्दै केहीले साहदत प्राप्त गरिरहेकै बेला २०५८ साल फागुन २८ गते रातको गस्तीमा घोराही रनतपुर एरियामा युद्धकर्मीको गोली लागेर प्रहरी हवाल्दार नारायण गिरीले साहदत प्राप्त गरे । भोलिपल्ट २९ गते समानार्थ नारायण गिरीको शवमा हतियाद्घारा शोक सलामी अर्पन गरियो ।

त्यसबेला जेठो छोरा संजय गिरी ७ वर्षका थिए । सन्दीप गिरी ४ वर्षका थिए । आमा लक्ष्मी गिरी २५ वर्षकी थिइन् । बाबा नारायण गिरीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली पुष्प अविर लगाइदिदा संजय गिरी रुनेमात्र गरे । तर कान्छा सन्दीपले बुवाको गालामा अविर लगाउन हातमात्र अघि बढाएका थिए । जोडले चिच्याएर रोए । सबैले बावु नरोउ हामी छौं भन्दा साहनुभूति गर्दापनि अब हामीलाई माया गर्ने मान्छे कोही छैन् भनेर धेरै आशु खसाए । कहिले काहीँ त अरुलाई नरोउ भनेर सम्झाउँदा त आफू नै झन बढी रुन पुगिदो रहेछ । त्यहाँ उपस्थित थुप्रै सम्झाउनेहरु रुदै थिए । आज लक्ष्मी ४५ वर्षमा प्रवेश गर्दैछिन् । जेठो छोराबाट ७ वर्षकी, कान्छो छोराबाट ५ वर्षकी नातीनी देखिकी छिन् । हजुर आमाको पदमा विराजमान छिन् । प्रहरीेको स्तम्भमा अम्मर प्रहरीको लिस्टमा नारायण गिरीको नाम लेखिएको छ । लक्ष्मी सहिद परिवारको लिस्टमा छिन् ।

नावालक दुई छोरालाई हुर्काउँदा, लेखाउँदा, पढाउँदा उनीहरुको श्रृष्टि तयार गरिदिँदा थुप्रै कठिनाई झेल्नु प¥यो । लक्ष्मीको संघर्षका कुराहरु यो कथामा अट्दैन् । लक्ष्मीको घरको दैलोमा अम्मर प्रहरी हवल्दार नारायण गिरीको युनिफर्मको फोटो टाँगिएको छ । ससाना दुई छोरासहित गु्रपमा खिचिएको पुरानो फोटो पनि टाँगिएको छ । कहिले काहीँ लक्ष्मी छोरा बुहारी नातीनीहरु नभएको मौका छोपी नारायणको फोटोसँग कुरा गर्न थाल्छिन् । फोटोमा हात लगेर नारायण मेरो राजा । अव त मैले हलुङ्गो भएको महसुस गरेकी छु । दुवै छोराहरु कमाउने भएका छन् । दुःखसुख पर्दा हामी छौ मम्मी, हामी गछौं । हजुरले अब दुःख गर्नु पर्दैन भनेर बोल्छन् । छोराहरु हिकमतीला छन् ।

तर यो बेला तपाई भएको भए मात्र बोल्न पुग्छिन् । मुटु चिरेर आउँछ, खुब शुकशुकाउछिन् लक्ष्मी ? यस्तै वसन्त ऋतुको समयमा लक्ष्मी र नारायणको माया प्रेम बसको थियो । वसन्त ऋतुको समयामा लक्ष्मीको सपनामा नारायण बढी आउँछन् । बोल्छन् । लक्ष्मी बाबा तिमी सञ्चै छौं, नरोउन पिलिज म छदै छु ? मेरो त सरुवा भयो । रबाना लिएर आएको छु , भनेर बोल्छन् । लक्ष्मी सपनामै नारायण भन्दै चिच्याउँदै बुझिन्छिन् । सुनसान हुन्छ । परपर गल्लीहरुमा हाँउहाउँ गर्दै कुकुर भुकेको आवाज मात्र सुनिन्छ । अब ८/१० दिनमा जिविस रोडका गोल्डमोरका ठूला रुखहरु रातै भएर फूल्नेछन् । बाटोभरी फूलका टुक्रा खसेर रातै देखिने छ । लक्ष्मी त्यही बाटो भएर तलमाथि हिड्ने छिन् । कुनै समय त्यही बाटो भएर नारायण दुई छोरा र आफू खुशीसाथ मस्किदै हिड्थिइन् ।

कति रमनीय खुशी थियो त्यो प्रर्छाइ, त्यो समय । आज त्यो समयका गार्जेन नारायण गिरी छैनन् । नारायण गिरी यो संसारबाट बिलिन भएको २० वर्ष भइसक्यो । नारायण यस जुनीमा कहिल्यै फर्केर आउँदैनन् । कठै बिचरा ! पत्येक वर्षको वसन्त ऋतुको समयमा के–के सोच्न पुग्छिन् नारायण गिरीको बाबा, नारायण गिरीको मुटु, नारायण गिरी प्राण, लक्ष्मीलाई अतीतले रुवाउँछ । अ……ती…..त…..ले….. रु…… वा…उँ……छ….. ।

Facebook Comments