• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्याम्पसका विद्यार्थीलाई अभिमुखीकरण




घोराही, २५ चैत । दाङको घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसले शुक्रबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।

क्याम्पसमा भर्ना भएका प्रथम वर्षका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम दिइएको क्याम्पसले जनाएको छ ।                                                            कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीको मुख्य काम भनेको पढाइ भएकाले विद्यार्थीको ध्यान पढाइमै फोकस हुनुपर्नेमा जोड दिएका थिए । आइटी क्षेत्रका अबसरहरु असीमित भएको र सो क्षेत्रमा दक्ष र योग्य हुनका लागि क्याम्पसका नियम पालनादेखि संर्घरत बन्नुपर्ने उनीहरुले भनाइ थियो ।

जिल्ला ट्राफिक प्रहरी इन्चार्ज ठम्मन जिसी, दिपक शर्माले ट्राफिक नियम तथा साइबर कानुन सम्बन्धी जानकारी दिएका थिए ।

कार्यक्रममा कमल गाउँले ,दिपक शेडी, कलेका डाइरेक्टर वसन्त रिजाल, सहायक क्याम्पस प्रमुख राजसिंह ज्वरा , संचालक समितिका अध्यक्ष द्रोण खडका, रिचा शर्मा, प्रतीक्षा खड्का, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मिडिकल डाइरेक्टर रमेश कडेल लगायत विभिन्न विषय बस्तुहरुमा आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थीलाई अबिर तथा खादा लगाएर सम्मान गरिएको थियोे ।

अम्बिकेश्वरी क्याम्पसका क्याम्प प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षता एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रकाश थापाको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।

क्याम्पसका प्राध्यापक बिषाल थापाको स्वागत मन्तब्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण क्याम्पसका बिसिए कार्यक्रमका संयोजक नबराज बस्यालले गरेका थिए ।

Facebook Comments