• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रानीथुम्की पर्यटकीयस्थल पूर्वाधारको संरचनाको उद्घाटन




चैत्र २२ कमिरेचौर
बंगलाचुली गाउँपालिकाको वडा नं. ८ रानीथुम्कीमा निर्माण भएको भ्यु टावर लगाएतका पर्यटकीय पुर्वाधारको आज एक औपचारिक कार्यक्रमका विच उत्घाटन गरिएको छ ।
बंगलाचुली वडा नं. ८ का वडा अध्यक्ष गिर बहादुर बाँठाको अध्यक्षता, पालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यता, उपाध्यक्ष यमुना घर्ति थापा मगर, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय र ने.क.पा. माओवादी केन्द्र दाङ जिल्ला संयोजक सुवास पुनको विशिष्ट आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रमा वडा नं. ८ का वडा सदस्यहरु, निर्माण व्यवसायी कम्पनीका ठेकेदार, पालिकाका विभिन्न शाखा महाशाखा कर्मचारीहरु तथा स्थानिय बासिन्दाहरु लागाएतको उपस्थिती रहेको थियो ।वडा सदस्य लुम बहादुर गाहाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथीहरु तथा आयोजना साइट इन्चार्ज लागाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । उद्घाटन कार्यक्रममा समयमै निर्माण कार्य सम्पन्न गर्ने न्युअम्बे निर्माण सेवा कम्पनीका ठेकेदार, साइट इन्चार्ज प्राविधिक लगाएतलाई खादा फुल मालाले सम्मान पनि गरिएको थियो भने कार्यक्रमको सहजिकरण जिन्सी शाखा प्रमुख गोपाल के.सीले गर्नु भएको थियो ।

Facebook Comments