• ६ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लालमटियामा जारी महोत्सव सकियो




जगत खनाल                                भालुबाङ, २२ चैत । राप्ती उद्योग बाणिज्य संघ भालुबाङद्वारा संचालित राप्ती चौथो ब्यापारिक पर्यटन तथा कृषि महोत्सव २०८७ को आज एक कार्यक्रम गरि समापन गरिएको छ ।

राप्ती उद्योग बाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्काको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

समापन कार्यक्रमको अबसरमा महोत्सवलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्याक्तित्वहरुलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने उद्घाटनको दिन झाकी प्रस्तुत गर्ने विभिन्न झाकी समुहलाई पुरस्कार द्वारा सम्मान गरिएको थियो ।

पुरस्कार पाउने झाकी समूह मध्ये जागृति थारु महिला बड्का नाछ समूह सिसहनिया प्रथम , समाज सुधार युवा क्लब कठाहा , नेपाल मगर संघ दृतिय , गुरुङ राष्ट्रिय परिषद तृतीय र आदर्श मावी लालमटिया ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

यस्तै मिडिया मार्फत महोत्सव सफल पार्न सहयोग गरेको भन्दै पत्रकारहरुलाइ पनि प्रमाणपत्र दिएर सम्मान गरिएको थियो । समापन कार्यक्रममा विभिन्न बक्ताहरुले सुझाव सहित महोत्सवपुर्ण रुपमा सफल भएक बताएका थिए ।

मन्तव्य राख्ने हरुमा झाकी मुल्यांकन समितिका संयोजक किरण पोख्रेल , सम्पुर्ण पत्रकारहरुको तर्फबाट वरिष्ठ पत्रकार महेसचन्द्र रिजाल , सामुदायिक बन समुहको तर्फबाट हरि श्रेष्ठ , जनता समाजबादी पार्टी का राप्ती गापा अध्यक्ष रण बहादुर सुवेदी , नेकपा (माओवादी केन्द्र ) का गापा सचीव तुला गिरि , राष्ट्रिय जनमोर्चा का ठाकुर आचार्य , नेकपा एमाले का शोभाखर भुसाल , नेपाली काङ्ग्रेस का सुरेन्द्र भुसाल , राप्ती गापा उपाध्यक्ष जगदम्बा कुमारी चौधरी , प्रमुख अतिथि नुमानन्द सुवेदी रहनु भएको थियो ।

दिउँसो समापन कार्यक्रम गरेतापनी आज साझसम्म चर्चित गाइका प्रीति आले लगायत राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिने आयोजना संघ ले जनाएको छ |

Facebook Comments