• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कडा सुरक्षाका बीच प्रकाश सपुतले दिए आफ्नो प्रस्तुति




जगत खनाल  भालुबाङ
चिर्चित लोक गायक प्रकाश सपुतले कडा सुरक्षाका बिच विभिन्न गित मार्फत दर्शक लाई नचाएका छन !
राप्ती गाउपालिका वडा नम्बर २ लालमटिया मा चलिरहेको राप्ती चौथो ब्यापारिक पर्यटन तथा कृषि महोत्सव २०७८ को आज ११ औं दिनमा प्रस्तुति दिएका थिए ।
प्रकाश सपुतको सुरक्षामा प्रहरी निरीक्षक को नेतृत्वमा जनपथ प्रहरी सुरक्षामा खटिएको थियो ।
पिर , गलबन्दी लगायतका आफ्ना चर्चित गित मार्फत हजारौं दर्शक लाई धुलो उडनेगरि नचाएका थिए ।
पिर गितमा देखाएको भिडियो जनयुद्ध र माओवादी आन्दोलन विरुद्ध रहेको भन्दै माओवादी पक्षले सपुतको चर्को आलोचना गरेको थियो ।
उक्त भिडियोमा देखाएका दृश्य परिबर्तन गरेपनि गायक सपुत माथी सुरक्षा चुनौती रहेको भन्दै प्रहरी ले कडा सुरक्षा दिदै आएको छ । यस्तै लालमटिया महाेत्सवमा राष्ट्रिय कलाकारहरू मेरी बास्सै हाँस्य टेलिसिरियल लेखनाथ भुसाल(घिराैले), दिवाकर भण्डारी(सापटी काका), चर्चित लाेकदाेहाेरी गायक गाेबिन्द पाैडेल, चर्चित लाेकदाेहाेरी गायिका अनु राेकामगर र चर्चित माेडेल तथा डान्सर सगुन थापाले आफ्ना प्रस्तुति दिएका थिए ।
कृषि पर्यटन कला संस्कृतीको पहिचान राप्ती चौथो ब्यापारिक पर्यटन तथा कृषि महोत्सव २०७८ सान भन्ने मुल नाराका साथ राप्ती उद्योग बाणिज्य संघ , भालुबाङ द्वारा संचालित महोत्सव चैत ११ गते सुरु भै भोलि चैत २२ गते सम्म चल्ने आयोजक संघ ले जनाएको छ

Facebook Comments