• १७ जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महायज्ञ संचालनका लागि पत्रकारसंग छलफल




घोराही, २० चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित शिव पार्वती तथा राधा–कृष्ण मन्दिरमा सञ्चालन हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी स्वरुप आज पत्रकारहरु संग छलफल गरिएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका सञ्चार उपसमितिका संयोजक कमल ओलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम गरिएको हो ।

यही बैशाख १ गतेदेखि ८ गते सम्म संचालन हुन थालेको महायज्ञको बारेमा सचिवालय संयोजक हरीप्रसाद पाण्डे र डा. हिमलाल पन्थीले प्रकाश पार्नुभएको थियो ।

संस्कार गृह निमार्णसंगै यस क्षेत्रको संस्कृतिहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको आयोजम मुल समितीका अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिनुभएको छ ।

Facebook Comments