जगत खनाल/भालुबाङ
लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउपालिका वडा नम्बर ४ मा आर्थिक मामिला तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी दर्ता अधिकारिको कार्यालय समुद्घाटन गरिएको छ ।
सहकारी मन्त्रालयका सचीव नारायण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का रहनु भएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै मन्त्री खड्काले समाजबादी राज्य निर्माण गर्न अर्थतन्त्रमा सहकारीको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भएको थियो ।
समाजबादी राज्य निर्माण गर्न अर्थतन्त्रमा सहकारी मुख्य साधन र माध्यम रहेको बताउदै मन्त्री खड्काले सहकारीलाई गरिबी निवारण गर्ने माध्यामको रुपमा अगाडि बढाउनु पर्ने बताउनु भएको थियो ।
ओम बहुउद्देश्यीय सहकारी संस्था मल्लरानी प्युठानको सहकारी दर्ता गरि सेवाको सुरुवात गरिएको थियो ।
६५ औं सहकारी दिवसको अबसर पारी कार्यालयको समुद्घाटन गरिएको थियो ।
राष्ट्रिय गित र प्रमुख अतिथिले ताम्रापत्र खोली कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला कुमारी खत्री , राप्ती गाउपालिका का उपाध्यक्ष जगदम्बा कुमारी चौधरी , जिल्ला सहकारी लिमिटेड अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाल , सहकारी प्रशिक्षालय बाकेका कार्यालय प्रमुख विनोद पौडेल , सहकारी दर्ता कार्यालय राप्तीका कार्यालय प्रमुख तथा दर्ता अधिकारी महेश पान्डे लगाएत ले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन दार्ता कार्यालयका अधिकृत (सातौं ) श्यामकुमार पौडेल ले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।