• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही उपमहानगरपालिकाको बालमैत्री घोषणाको तयारी पूरा (विज्ञप्तिसहित)




घोराही, २० चैत । घोराही उपमहानगरपालिकाले उपमहानगरलाई बालमैत्री घोषणा गर्ने तयारी पुरा भएको जनकारी दिएको छ । उपमहानगरले आज आइतबार पत्रकार सम्मेलन मार्फत सो तयारी पुरा भएको जानकारी दिएको हो ।

No description available.
उपमहानगर लामो मेहनत र प्रयासपछि उपमहानगरलाई बालमैत्री घोषणाको अन्तिम तयारीमा आइपुगेको र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशका २०७८ मा भएको व्यवस्था बमोजिम घोराही उपमहानगरपालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगरपालिका रुपमा यही चैत्र २३ गते घोषणा गर्न लागिएको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताए ।

उनले यो गौरबपूर्ण कामले घोराही उपमहानगर र नगरबासीको शिर उचो बनाएको तथा उपमहानगरलाई बालमैत्री घोषणा गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी आवश्यक दस्तावेजसहित अनुगमनका लागि जिल्ला समन्वय समितिमा पेश गरेको र सोही अनुसार जिससको अनुगमन प्रतिवेदनका आधारमा प्रदेश सरकारबाट समेत अनुगमन गरी बालमैत्रीका ५१ वटा सूचकहरु पूरा भएको पाइएपछि लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको २०७८ चैत ९ गतेको निर्णय अनुसार घोराही उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न अनुमति प्राप्त भएको स्पष्ट पारे ।

सम्पूर्ण प्रावधानहरु पूरा गरी प्रदेश सरकारबाट घोषणाका लागि अनुमति पाएपछि मिति २०७८ साल चैत २३ गते घोराही नगर विकास समिति र दाङ जिल्ला उद्योग वाणिज्य संघको बहुउद्देशीय सभाहलमा भव्य कार्यक्रमको आयोजनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उपमहानगरपालिकालाई बालमैत्री उपमहानगर घोषणा गर्ने नगर प्रमुख चौधरीको भनाइ छ ।

घोराही उपमहानगरपालिकाको नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उमहानगरको नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, प्रस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण उपमहानगरका कर्मचारी मोती कुमारी विश्वकर्माले गरेकी थिइन् ।

यस्तो छ, घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले जारी गरेको विज्ञप्तिको पूर्णपाठ ःNo description available.No description available.

Facebook Comments