• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
“मरूभूमिमा डुङ्गा” काे लोकार्पण




कवि शरद पाेख्रेलद्वारा लिखित कविता सङ्ग्रह ‘मरूभुमिमा डुङ्गा”काे लोकार्पण गरिएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा घाेराहीमा ‘मरूभुमिमा डुङ्गा” कविता सङ्ग्रहकाे लोकार्पण गरिएको हो ।

राप्ती साहित्य परिषद दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् साहित्य परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे प्रमुख अतिथ्यता तथा प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पदमप्रसाद शर्मा र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासीकाे विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार यज्ञबहादुर डाँगीले “मरूभुमिमा डुङ्गा” कविता सङ्ग्रहको समीक्षा गर्नु भएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि पुरूषाेत्तम खनाल, विशिष्ट अतिथि पद्मप्रसाद शर्मा र टिकाराम उदासी अतिथि लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने, नेपाल पत्रकार महासंघका अध्यक्षका दुर्गालाल केसीले शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा स्रष्टाले अाफ्नाे भनाई सहित कविता वाचन गर्नु भएकाे थियाे । परिषद् जिल्ला शाखा, दाङले प्रमुख अतिथि, बिशिष्ट अतिथि, समीक्षकलाई मायाकाे चिनाेका साथै लाेकार्पण कृतिका स्रष्टा शरद पाेख्रेललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा सचिव प्रकाश केसीले सहजीकरण गर्नु भएकाे थियाे

Facebook Comments