जगत खनाल
भालुबाङ। लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले शुद्ध र स्वच्छ खानेपानि जनताको घरघरमा पुराउन प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।
शनिबार राप्ती गाउँपालिका वडा नम्बर २ मा रहेको लालमटिया बृहत खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो साधारण सभा तथा प्रथम अधिबेशन लाई सम्बोधन गर्दै यस्तो कुरा बताउनु भएको हो ।
समितिका अध्यक्ष कृष्ण बहादुर गिरिको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मन्त्री थारुले स्वच्छ खानेपानी मानिसको स्वास्थ्य संग जोडिएकाले स्वच्छ जीवन जिउनको लागि स्वच्छ खानेपानी महत्त्वपूर्ण हुने भन्दै स्वच्छ खानेपानी जनताको घरमा पुराउन महत्त्वका साथ सरकार लागि परेको बताउनु भएको थियो ।
स्वच्छ खानेपानी योजनालाइ सरकारले महत्त्वका साथ अगाडि बढाएको पनि बताउनु भएको थियो । नियमित रुपमा पानीका मुहानमा सरसफाइलाई ध्यान दिन अनुरोध गर्दै मन्त्री थारुले खानेपानी समस्यालाई योजना बनाएर दिगो रुपमा समाधान गर्ने पनि बताउनु भएको थियो ।
समितीका उपाध्यक्ष जुम्मन मियाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम मा सचीव पहलमान चौधरी (अनुप)ले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने समितिका सहसचिव तिलक अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिब पहलमान चौधरी अनुपले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।